अर्थ मन्त्रालयमा सहसचिवको जिम्मेवारी हेरफर, बजेट महाशाखामा मगर



काठमाडौं । सरकारले अर्थमन्त्रालयका सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ ।

अर्थको बजेट तथा कार्यक्रम महाशाखाको जिम्मेवारी नरेन्द्र राना मगरलाई दिइएको छ । यसअघि उक्त महाशाखमा रितेश कुमार शाक्य रहेका थिए ।

अन्त:शुल्क प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेपछि रिक्त रहेको महाशाखाको जिम्मेवारी रानालाई दिइएको छ ।

अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुख नारायण सापकोटा करिब १५ दिनमा बाहिरिएका छन् । सापकोटाको महालेखा नियन्त्रकको कार्यालयमा सरुवा भएको छ । उनको ठाँउमा रामप्रसाद आचार्यलाई पठाइएको छ ।

अर्थमा रहेकी सहसचिव सुशिला अर्यालको महालेखा नियन्त्रकको कार्यालयमा सरुवा भएको छ । यता रामकुमार महतोलाई भन्सार विभागको उपमहानिर्देशकमा सरुवा गरिएको छ ।

भन्सारका उपमहानिर्देशक टंक पाण्डे पनि अन्त:शुल्क प्रकरणमा जोडिएका छन् । उनलाई पनि आयोगले मुद्दा दायर गरेपछि पाण्डेको ठाँउमा महतो पुगेका छन् ।


क्लिकमान्डु