पुसभित्र बहाल कर तिर्नेलाई महानगरमा छुट, २० जनालाई रोजगारी दिएर दर्ता हुने व्यवसायलाई ९९% छुट



काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको कर आगामी आर्थिक वर्ष सकिएको ६ महिनाभित्र तिर्ने करदातालाई १० प्रतिशत छुट दिने भएको छ ।

महानगरले सार्वजनिक गरेको अर्थसम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक २०८० अनुसार चालु आर्थिक वर्षको वार्षिक सम्पत्ति, व्यवसाय, बहाल कर रकम करदाताले २०८१ पौस मसान्तसम्ममा दाखिल गरेमा त्यस्तो कर रकममा १० प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।

महानगरका अनुसार एक वडा एक नमूना उद्यम कार्यक्रम अन्तर्गत सञ्चालित उद्योग वा व्यवसायहरुको दर्ता भएको ३ वर्षसम्म निजले तिर्न बुझाउनुपर्ने व्यवसाय कर र दर्ता शुल्कको ९५ प्रतिशत छुटसमेत हुने भएको छ ।

महानगरले महिला, जनजाति, दलित, अपाङ्ग र ३५ वर्ष मुनिका युवाले चलाएको ५ लाख पुँजिसम्मको व्यवसायले पुसभित्र कर तिरे ४० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । यी व्यक्ति महानगरका स्थायी बासिन्दा भएको हकमा भने ५० प्रतिशत छुट दिने भएको छ।

महानगले सार्वजनिक गरेको नीति तथा कार्यक्रम अनुसार चालु रआर्थिक वर्षमा दर्ता हुने २० जनालाई रोजगारी दिने व्यवसायमा ३ वर्षसम्म ९९ प्रतिशत कर छुट दिने भएको छ ।


क्लिकमान्डु