काठमाडौं महानगरभित्र २ घण्टासम्म पार्किङ गर्दा शुल्क नलाग्ने



फाइल तस्बिर

काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको पार्किङ क्षेत्रमा २ घण्टासम्म सवारी पार्किङ गर्दा शुल्क नलाग्ने भएको छ ।

काठमाडौं महानगरपालिको अर्थसम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक २०८० अनुसार महानगरले सञ्चालन गरेको पार्किङ क्षेत्रमा पहिलो २ घण्टाका लागि जुनसुकै प्रकारका सवारी साधन पार्किङ गर्दा शुल्क लाग्ने छैन ।

त्यसपछि भने तोकिएको शुल्क लाग्ने व्यवस्था भएको छ । यो व्यवस्था आगामी साउन १ गतेबाट लागू हुने महानगरपालिकाले जनाएको छ ।


क्लिकमान्डु