बंगलादेशविरूद्ध नेपाल २१ रनले पराजित, पुरा भएन ऐतिहासिक जितको धोको



काठमाडौं । आईसीसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा नेपाल बंगलादेशविरूद्ध पराजित भएको छ । १०७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ८५ रनमात्र बनाएको हो ।

यससँगै नेपालले २१ रनले खेल हारेको हो ।

दिपेन्द्र सिंह ऐरी र कुशल मल्लले ५२ रनको साझेदारी गरेपनि जितका लागि पर्याप्त रहेन ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक २७ रन र दिपेन्द्र सिंह ऐरीले २५ रन बनाए । आशिफ शेखले १७ रन बनाउँदा अन्य ओपनर सस्तैमा आउट भए । अलिल साह शुन्यमा आउट हुँदा कुशल भुर्तेलले ४ रन तथा कप्तान रोहित पौडेल र सन्दीप जोराले १–१ रन बनाए ।
त्यसपछि आएका गुल्सन झा, सोमपाल कामी, सन्दिपशु लामिछाने र अभिनाष बोहोरा पनि शुन्यमै पभेलियन फर्किए ।

बंगलादेशका लागि तन्जिम शकिबले ४, मुस्ताफिजुर रहमानले ३, शकिब अल हसले २ तथा तास्किन अहमदले १ विकेट लिए ।

यसअघि नेपालले बङ्गलादेशलाई एक सय ६ रनमा अलआउट गरेको थियो । वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भेल रङ्गशालामा सम्पन्न खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेश १९ दशमलव ३ ओभरमा सवै विकेट गुमाउँदै एक सय ६ रनमा समेटियो ।

नेपालले नयाँ इतिहास रच्नको लागि एक सय सात रनको लक्ष्य पाएको थियो । नेपालले हालसम्म टेस्ट टोलीलाई अहिलेसम्म हराउन सकेको छैन । बङ्गलादेशका लागि सकिब अल हसनले २२ बलमा २ चौकासहित सर्वाधिक १७ रनको योगदान दिए । त्यस्तै रिशाद हसनले ७ बलमा १ चौका र १ छक्कासहित १३ रन जोडे । महमुदूल्लाह रियादले १३ बलमा दुई चौकाको सहायताले समान १३ रन नै जोडे ।

यसैगरी तक्किन अहमद र जाकेर अलीले समान १२ /१२ रन जोडे भने लिटन दासले १० रन बनाए । तोव्हीद ह्रिदोयले ९, कप्तान नाज्मुल हसन सान्टाले चार तथा तान्जिम हसन सकिब र मुस्तब फिजुर रहमानले समान ३/३ रन बनाए ।

बङ्गलादेशलाई सस्तैमा समेट्नेक्रममा नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र रोहितकुमार पौडेलले समान दुई दुई विकेट लिएका थिए ।

यससँगै नेपालको दोस्रो विश्पकप यात्रा जितविहिन भएर टुंगिएको छ । अमेरिका र वेस्ट इन्डिजमा जारी विश्वकपमा नेपाल नेदरल्यान्डस्, साउथ अफ्रिका र बंगलादेशसँग हारेको हो भने श्रीलंकाविरूद्ध खेल हुन सकेन ।

सन् २०१४ मा पहिलोपल्ट विश्वकप खेलेको नेपालले २ जित हासिल गरेको थियो ।


क्लिकमान्डु