राष्ट्र बैंकले ३५ अर्ब खिच्छुभन्दा बैंकहरु ५९ अर्ब दिन तयार, आज पनि ३० अर्ब तानिँदै



काठमाडौं । ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न गरेको बोलकबोलमा बैंकहरु ५९ अर्ब रुपैयाँ राख्न तयार भएका छन् । बिहीबार भएको बोलकबोलमा बैंकहरुले ५९ अर्ब १० करोड रुपैयाँ राख्ने प्रस्ताव भएका हुन् ।

कुल १६ बैंकहरुले न्यूनतम २.९९ प्रतिशत ब्याजदरमा पैसा राख्न तयार भएको राष्ट्र बैंकले जनाएको छ ।

उनीहरुले प्रस्ताव गरेको अधिकतम ब्याजदर ३.०६ प्रतिशतमात्र छ ।

राष्ट्र बैंकले बजारबाट खिच्न चाहेको भन्दा बढी पैसा राख्न बैंकहरु तयार भएपछि आज पनि थप ३० अर्ब रुपैयाँ प्रशोचन हुँदैछ ।

आज प्रयोग हुँदै गरेको निक्षेप संकलन उपकरण पनि बिहीबारको झैं १४ दिनकै लागि हो ।

बजारमा अधिक तरलता हुँदा प्रशोचन गर्ने एक बिधी बोलकबोलमार्फत् गरिने निक्षेप संकलन हो । बैंकहरुले कबोल गरेको न्युनतम ब्याजलाई प्राथमिकता दिने गरी केन्द्रीय बैंकले निक्षेप राख्न आवेदन आह्वान गर्छ । राष्ट्र बैंकले ३० अर्ब निक्षेप बिहीबारै खिच्नेछ ।

यो उपकरण उपयोग गर्दा बैंकहरुले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म राख्ने पैस्ताव पेश गर्न पाउँछन् ।

शुक्रबार प्रशोचन गरिएको निक्षेप १४ दिनका लागि हो । यो रकम असार १४ गते परिपक्व भएपछि सावाँ र ब्याज स्वतः फिर्ता हुनेछ । यसअघि जेठ २४ र २५ गते केन्द्रीय बैंकले ७० अर्ब रुपैयाँ रकम यही माध्यमबाट प्रशोचन गरिसकेको छ ।

केन्द्रीय बैंकले तरलता प्रशोचन गर्ने अर्को औजार स्थायी निक्षेप सुविधा (एसडीएफ) हो । एसडीएफमार्फत राष्ट्र बैंकले बुधबार करिब २५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । एसडीएफको ब्याजदर ३ प्रतिशत तोकिएको छ ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षमा ४६ पल्ट गरी कुल १० खर्ब ३१ अर्ब ८५ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको छ । जसमध्य हालको स्थितिमा १ खर्ब ५ अर्ब निक्षेप परिपक्व हुन बाँकी छ ।

यसैगरी स्थायि निक्षेप सुविधा अन्तर्गत २६ खर्ब ७७ अर्ब १५ करोड रुपैयाँ तरलता प्रशोचन गरिएको छ । योमध्ये अहिले राष्ट्र बैंकले सावाँब्याज गरी फिर्ता दिन बाँकी रकम करिब २५ अर्ब बाँकी छ ।

राष्ट्र बैंकका अनुसार बुधबारसम्म बैंकिङ प्रणालीमा आवश्यकताभन्दा ८८ अर्ब रूपैयाँ बढी तरलता थियो । यस्तो अधिक तरलता मंगलबारको तुलनामा १५ अर्बले बढेको हो ।


क्लिकमान्डु