बजेट पुस्तिका अध्ययनका लागि आज र भोलिको संसद बैठक स्थगित गर्ने निर्णय



काठमाडौं । प्रतिनिधि सभाको आइतबार र सोमबारको बैठक सूचना टाँसेर स्थगित हुने भएको छ ।

आजदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची भए पनि बजेट पुस्तिका अध्ययनका लागि भन्दै दलहरुले समय मागेपछि बैठक रोक्न लागिएको हो ।

सभामुख निवास बालुवाटारमा आइतबार बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो । आजदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो । अब २७ गतेदेखि विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफल नियमित छलफल हुनेछ ।

सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही उपस्थित थिए ।


क्लिकमान्डु