डिम्याट खाता खोल्नेको संख्या करिब ४६ लाख, मेरो सेयर खाता खोल्नेको संख्या ५३ लाख पुग्यो



काठमाडौं । डिम्याट खाता (हितग्राही खाता) धितोपत्र बजार लगानीकर्ताको सहभागिताको सँगै डिम्याट खाता खोल्ने क्रम बढेको छ ।

२०७७ साल यता डिम्याट खाता खोल्नेको संख्या ४५ लाख ७२ हजार हजारले बढेको छ भने मेरो सेयर खोल्नेको संख्या ४६ लाख २२ हजारले बढेको छ ।

२०७७ असार मसान्तमा १७ लाखको हाराहारीमा रहेको डिम्याट खाताको संख्या आव २०७७/७८ को अन्त्यमा ३७ लाख ३६ हजार ९ सय २६ पुगेको थियो । आव २०७८/७९ को अन्त्यमा उक्त संख्या बढी ५२ लाख ६० हजार २ सय ५१ पुगेको छ ।
आव २०७९/८० को अन्त्यमा उक्त संख्या ५८ लाख २३ हजार पुगेको थियो ।

आव २०८०/८१ को वैशाख मसान्तसम्म उक्त संख्या ६२ लाख ७२ हजार ३ सय ५१ पुगेको छ । डिम्याट खाता खोल्ने पुरुष ३६ लाख ४ हजार ५ सय ७, महिला २६ लाख ६० हजार ६ सय १२, अन्य ५४ र संस्थागत ७ हजार ११५ रहेका छन् ।

प्रदेशगत रुपमा हेर्दा सबैभन्दा बढी बागमती प्रदेशमा ३८ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा २.४५ प्रतिशत खाता खुलेको देखिन्छ । त्यसैगरी कोशी प्रदेशमा १८.८२, गण्डकी प्रदेशमा १२.९२ प्रतिशत लुम्बिनी प्रदेशमा ११.५४ मधेश प्रदेशमा ११.१६ र सुदुरपश्चिम प्रदेशमा ६ प्रतिशत डिम्याट खाता खोलेको धितोपत्र बोर्डले जनाएको छ ।

यस्तै मेरो सेयर खाता २०७७ असारमा करिब ७ लाखको संख्या रहेकोमा २०७८ को असारमा उक्त संख्या वृद्धि भई २८ लाख ५१ हजार ८ सय पुगेको थियो । आव २०७८/७९ को अन्त्यमा उक्त संख्या ४३ लाख ६८ हजार ६ सय ३९ पुगेको थियो । आ.व. २०७९/८० को अन्त्यमा उक्त संख्या ४७ लाख ४१ हजार ५५ पुगेको छ । आव २०८०/८१ को वैशाख मसान्तसम्म उक्त संख्या ५३ लाख २२ हजार ९ सय ६९ पुगेको छ ।

यस्तै सेयर कारोबारका लागि अनलाइन युजरनेम लिने लगानीकर्ताको संख्या पनि बढेको छ । धितोपत्रको दोस्रो बजारमा अनलाईन लगईन लिने लगानीकर्ताको संख्यामा उल्लेख्य वृद्धि भएको छ । २०७७ असारमा धितोपत्रको दोस्रो बजार अनलाइन कारोबारका लागि करिब ३५ हजार भन्दा बढीले युजर आई डि लिएकोमा २०७८ असारमा ७ लाख ९५ हजार ९ सय ३४ ले लिएका थिए ।

आव २०७८/७९ को अन्त्यमा १४ लाख ८५ हजार ४ सय ६० पुगेको थियो । आव २०७९/८० को अन्त्यसम्म उक्त संख्या १७ लाख ६३ हजार ३ सय १ रहेको थियो । आव २०७०/८१ को वैशाख मसान्तसम्म उक्त संख्या २२ लाख १६ हजार २ सय ४७ पुगेको छ ।


क्लिकमान्डु