रविमाथिको रिट न्यायाधीश श्रेष्ठको इजलासमा, सुनुवाइ जारी



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर रिट सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा सुनुवाइ भइरहेको छ ।

सहकारी ठगी सम्बन्धी कुनै जाहेरी अभियोजन नपरेको भन्दै महान्यायाधिवक्ता कार्यालयले लामिछानेलाई दिएको पत्र खारेज गर्न रिटमा माग गरिएको छ ।

न्यायाधिवक्ताको कार्यालयले गत वैशाख २४ गते गृहमन्त्री लामिछानेलाई सहकारीको रकम हिनामिनामा कुनै उजुरी/जाहेरी नरहेको पत्र दिएको थियो ।

महान्यायाधिवक्ता कार्यालयको पत्रविरूद्ध अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । सुरुमा रिट दरपिठ भए पनि दरिपिठविरूद्ध दायर भएको रिटमा न्यायाधीश टेकप्रसाद ढुंगानाको इजालसले रिट दर्ता गर्न आदेश दिएको थियो ।


क्लिकमान्डु