संसद बैठक सुरु, बजेटमाथि छलफल



काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।

आइतबार बिहान ११ बजेपछि संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो । राजस्वको र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल प्रारम्भ हुने छ ।

आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्य सहित आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययका वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र त्यसमाथि सामान्य छलफल प्रारम्भ हुने छ । सरकारले गत जेठ १५ गते १८ खर्ब ६० अर्बको बजेट ल्याएको थियो ।


क्लिकमान्डु