स्वदेशी उत्पादनलाई प्रोत्साहन दिन भन्दै ठमेलमा किनिएको थियो बजेट राख्ने कपडाको झोला



काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट संसदमा प्रस्तुत गरिरहेका छन् ।

संसदमा बजेट पेस गर्नुअघि अर्थसचिव मधुकुमार मरासिनीले अर्थमन्त्री वर्षमान पुनलाई बजेटको मस्यौदा हस्तान्तरण गरेका थिए ।

यसअघिका वर्षहरुमा छलाको झोलामा अर्थमन्त्रीहरुले बजेट भाषणको ठेली बोक्ने गर्थे । तर यसपटक फरक देखियो ।
मरासिनीले अर्थमन्त्रीलाई हस्तान्तरण गरेको बजेको झोला कपडा रहेको देखियो । उक्त झोला बेकेर उनी मन्त्रिपरिषद्को बैठकमा पुगेका थिए ।

स्वदेशी उत्पादनलाई प्रोत्साहन दिन भन्दै अर्थमन्त्री पुनले कपडाको झोला प्रयोग गरेको उनको सचिवालयले जनाएको छ ।
बजेट राख्नका लागि मंगलबार बिहान पर्यटकीयस्थल ठमेलबाट कपडाको झोला किनिएको पुनको सचिवालयले जनाएको छ ।


क्लिकमान्डु