एक पटक बोल्न पाउनु पर्‍यो, मागेको त्यत्ति हो: रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूले एकपटक संसदमा बोल्न पाउनु पर्ने बताएका छन् ।

प्रतिनिधि सभा बैठकका विषयमा दलहरुबीच बुधबार अपराह्न सहमति जुट्न नसकेपछि लामिछानेले आफूले बोल्न पाउनु पर्ने उल्लेख गरेका हुन् ।

सामाजिक सञ्जालमा लामिछानेले लेखेका छन्, ‘एक पटक बोल्न पाउनु पर्‍यो,’ उनले भनेका छन्, ‘त्यत्ति हो मागेको । यति घिन लाग्दो मिडिया ट्रायल ???’

गृहमन्त्री लामिछानेको सहकारी ठगीमा संलग्नताका विषयमा संसदीय छानबिन समिति बनाउन कांग्रेसले माग गरिरहेको छ । लामिछानेले भने पहिला आफूले संसदमा बोल्न पाउनु पर्ने माग गरिरहेका छन् ।


क्लिकमान्डु