दुई अर्ब ३८ करोड ‘आन्तरिक राजस्व’ संकलन



झापा । आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको दश महिनामा दुई अर्ब ३८ करोड २३ लाख ७५ हजार राजस्व संकलन गरेको छ ।

कार्यालयका प्रमुख कर अधिकृत कृष्णचन्द काफ्लेका अनुसार चालु आवको साउनदेखि वैशाख मसान्तसम्ममा एक अर्ब २१ करोड ११ लाख ८० हजार आयकर बापत, ३१ करोड ९७ लाख ६४ हजार अन्तःशुल्कबापत र मूल्य अभिवृद्धि करबापत ८४ करोड ७६ लाख ४० हजार रुपैयाँ राजस्व संकलन भएको हो । कार्यालयले निर्धारण गरेको लक्ष्यभन्दा ५१ करोड २३ लाख ५७ हजार रुपैयाँ कम संकलन भएको छ ।

उद्योग– व्यापारमा आएको मन्दीका कारण लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको कार्यालयका प्रमुख काफ्लेले बताए । झापामा ठूला करदाता मित्तल, मनसा र सन्राइज सिमेन्ट उद्योग कोरोना महामारीपछि बन्द छन्भने व्यापारिक कारोबार सुस्त हुँदा राजस्व संकलनको लक्ष्य प्रभावित भएको उनले बताए ।


क्लिकमान्डु