सरकारको नीति तथा कार्यक्रमबारे डा स्वर्णिम वाग्लेले यसो भने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लले नीति तथा कार्यक्रमले बजेटसँग तादात्म्यता मिल्ने र कार्यान्वयनमा जाने गरी क्रमिक सुधारहरुका बीउहरु रोपेको बताएका छन् ।

मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुततपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो प्रतिक्रिया दिएका छन् ।

विगतमा कार्यक्रममा ठूला कुरा गर्ने बजेटमा तादात्मयता नहुने र कार्यान्वयनमा जाँदै नजाने कर्मकाण्डमा सीमित हुने कुरालाई ब्रेक गरेको उनले बताए ।

कार्यक्रमले ठूला कुरा नगरौं र क्रमिक सुधारहरु (इङक्रिमेन्टल रिर्फम) हरु हरेक मन्त्रालयमा गरेर हेरौं भन्ने बीउ सबै मन्त्रालयमा राखेको उनले बताए ।

नीति तथा कार्यक्रम बजेटमा सम्बोधन हुने देखिएकाले कार्यान्वयनमा जाने सम्भावना रहेको उनले बताए । वाग्लले विगत ३२ वर्षमा सबैभन्दा बढी शासन गरेको पार्टीले नीति तथा कार्यक्रम पुरानै शैली भन्नु भनेको आफ्नो कमजोरीको स्वीकारोक्ति रहेको बताए ।

वाग्लेले यसो भने

सरकारले ल्याएको नीति तथा कार्यक्रम डिपार्चर प्रस्थान गर्ने खालको आएको छ । विगतमा कार्यक्रममा ठूला कुरा गर्ने बजेटमा तादात्मयता नहुने र कार्यान्वयनमा जाँदै नजाने कर्मकाण्डमा सिमित थियो । यो वर्ष ठूला कुरा नगरौं तर क्रमिक सुधारहरु (इङक्रिमेन्टल रिर्फम)हरु हरेक मन्त्रालयमा गरेर हेरौं भन्ने बिउ सबै मन्त्रालयमा राखेको पाए ।

दर्शनौं क्रमिक सुधारहरुका बिउ यसपालि राखिएका छन् । त्यो भनेको बजेटसँग मिल्ने सम्भावना बढेको छ । बजेटमा सम्बोधन हुने देखिएकाले कार्यान्वयनमा जाने सम्भावना देखिएको छ । विगत ३२ वर्षमा सबै भन्दा बढी शासन गरेको पार्टीले नीति तथा कार्यक्रम पुरानै शैली भन्नु भनेको आफ्नो कमजोरीको स्वीकारयुक्ती हो । नीति तथा कार्यक्रमले अर्थतन्त्र सुधार गर्ने जग बसालेको छ । नीति तथा कार्यक्रममा टेकेर बजेट आउँदैछ ।


क्लिकमान्डु