त्रिभुवन विमानस्थलमा यात्रु चढिसकेको कतार एयरको जहाजमा धुँवा देखिएपछि….



फाइल तस्बिर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरवेजको जहाजमा धुवाँ देखिएको छ ।

कतारएयरको जहाजको पछिल्लो भागमा मध्याह्नतिर धुवाँ देखिएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।

यात्रु विमानमा चढिसकेको अवस्थामा धुँवा देखिए पछि जहाजको प्राविधिकले जाँच गरेका छन् ।

‘सामान्य धुँवा देखिएको थियो । प्राविधिकहरूले निरीक्षण गर्दा विमानमा केही नभएको देखियो,’ उनले भने,’ कहिले काँही व्याट्री लगायतका कारण पनि यस्तो देखिन्छ ।’

झाले सामान्य बताए पनि विमानको एक्जुलरी पावर युनिटमा आगो लागेको बताइएको छ ।

जहाजको झ्याल ढोका खोलेर राखिएको तर विमानबाट यात्रुलाई नउतारिएको उनले बताए । प्राविधिक परीक्षण सकिएकोले अब केही बेरमै विमान उड्ने उनले बताए ।


क्लिकमान्डु