७० वर्ष नाघेको व्यक्ति बैंकको सञ्चालक हुन नपाउने



काठमाडौं । अब ७० वर्ष पुगेको व्यक्ति मात्रै बैंक तथा वित्तीयको सञ्चालक बन्न पाउने भएका छन् । अर्थमन्त्री वर्षमान पुनले बिहीबार संसदमा दर्ता गरेको बैंक तथा वित्तीय सम्बन्धी ऐन (बाफिया) २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा सो प्रस्ताव गरिएको छ ।

प्रस्ताविक विधेयक संसद्बाट पारित भई लागू भएपछि २५ वर्ष उमेर नपुगेको र ७० वर्ष उमेर नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको सञ्चालक हुन पाउने छैनन् । विद्यमान बाफिया ऐनले सञ्चालक हुनका लागि न्यूनतम उमेर २५ वर्ष तोकेको भएपनि अधिकतम उमेरहद भने तोकेको छैन ।

यसअघि राष्ट्र बैंकले परिपत्रमार्फत् सञ्चालकका र सीईओको उमेर हद तोकेको थियो । तर, अदालतले उमेर हद तोक्ने निर्णय दीर्घकालीन महत्वको भएकाले ऐनमै व्यवस्था गरेर मात्रै यो व्यवस्था कार्यान्वयन गर्न आदेश दिएको थियो ।


क्लिकमान्डु