बझाङ केन्द्रबिन्दु भएर भूकम्प



काठमाडौं । बझाङको केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार शुक्रबार बिहान ९:३२ बजे परकाट्ने आसपास ४.४ रेक्टर स्केलको भूकम्प मापन गरिएको हो ।

भूकम्पको धक्का आसपासका जिल्लामा महसुस गरिएको थियो ।

यसअघि गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर भूकम्प जाँदा जाजरकोट र पश्चिम रुकुममा मात्र एक सय ५३ जनाले अकालमा ज्यान गुमाएका थिए भने दुई सयभन्दा बढी व्यक्ति घाइते भएका थिए ।


क्लिकमान्डु