भारतको एचडीएफसी बैंकको नाफा साढे ३३ प्रतिशतले बढेर १६ हजार ३७२ करोड भारु पुग्यो



काठमाडौं । नेपालका अधिकांश बैंकको नाफा घटिरहेका बेला भारतीय बैंकहरुले भने राम्रो वित्तीय प्रतिवेदन सार्वजनिक गरेका छन् ।

भारतको एचडीएफसी बैंकको नाफा ९ महिनामा ३३.५ प्रतिशतले बढेर १६ हजार ३७२ करोड भारु रुपैयाँ पुगेको छ । सन् २०२२ को ९ महिनामा १२ हजार २५९ करोड भारु रहेको नाफा २०२३ मा बढेको हो ।

सन् २०२२ मा २२ हजार ९९० करोड रहेको खुद ब्याज आम्दानी सन् २०२३ मा २३.९ प्रतिशतले बढेर २८ हजार ४७० करोड पुगेको छ ।

जुलाई १, २०२३ देखि एचडीएफसी बैंकमा एचडीएफसी लिमिटेडको मर्जर भएको थियो।

बैंकको प्रोभिजन भने बढेको छ । अघिल्लो वर्ष २८ सय ६ करोड रहेको प्राभिजन गत वर्ष ४२ सय १६ करोड पुगेको छ । रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले वैकल्पिक लगानी कोषमा लगानी सम्बन्धी नयाँ नियम ल्याएका कारण प्रोभिजन बढेको हो ।

बैंकका चिफ फाइनान्स अफिसर श्रीनिवास बैद्यनाथका अनुसार बैंकले वैकल्पिक लगानी कोषमा १२.२ अर्ब लगानी गरेको थियो, जसको उचित मूल्य ५ अर्बभन्दा बढी छ । अघिल्लो त्रैमासमा ३२ सय करोड रहेको राइटब्याक यो त्रैमासिमा ३१ सय करोड छ । यस त्रैमासमा बैंकको सम्पत्तिको गुणस्तरमा सुधार आएको र वर्तमान कर्जाको अवस्था राम्रो भएको हो ।

‘यस त्रैमासिकको नतिजाले बैंकको व्यवसायिक मोडेलको बलियोपन र यसका कर्मचारीहरूकोसमर्पणलाई झल्काउँछ। बुकले राम्रो प्रदर्शन गरिरहेको छ’, श्रीनिवासले भपे, ‘सन्तुलन भइरहेको छ । हामी मर्जर प्रक्रियामा गएका छौं। हामी थप निक्षेपहरू निर्माण गर्नेछौं र एचडीएफसीबाट विरासतप्राप्त उधारोलाई प्रतिस्थापन गर्नेछौं । हामी आर्थिक वर्ष २०२५ मा राम्रो वृद्धि हुने आशा गर्छौं ।’

बैंकको घरेलु खुद्रा कर्जा १११.१ प्रतिशत, वाणिज्य तथा ग्रामीण बैंकिङ कर्जा ३१.४ प्रतिशत र कर्पोरेटतथा अन्य थोक कर्जाहरू ९ खर्ब ८९ अर्बको एचडीएफसी लिमिटेडको गैर (व्यक्तिगत ऋणबाहेक) सोही अवधिमा ११.२ प्रतिशतले बढेको छ।

बासल ३ को प्रावधानअनुसार बैंकको पुँजीकोष अनुपात १८.८ प्रतिशत छ । एक वर्षका अवधिमा बैंकको पुँजीकोष अनुपात केही घटेको छ । सन् २०२२ मा १९.४ प्रतिशत थियो । । केन्द्रिय बैंक आरबीआईले ११.७ प्रतिशत तोकेको छ । बैंकको टायर १ क्यापिटल १६.३ प्रतिशत छ ।

२०२३ मा बैंकले प्रवाह गरेका कर्जामध्ये कूल निष्क्रिय कर्जा १.३४ प्रतिशत पुगेको छ । २०२२ मा १.२३ प्रतिशत थियो । अघिल्लो वर्ष १८ हजार ७६३ करोड रहेको निष्क्रिय कर्जा ३१ हजार ११ करोड पुगेको छ । यो अवधिमा बैंकको खुद निष्क्रिय कर्जा ५ हजार २४ करोडबाट बढेर ७ हजार ६४ करोड भारु पुगेको छ । बैंकले प्रवाह गरेको कुल कर्जामध्ये ०.३१ प्रतिशत कर्जा खराब कर्जामा परिणत भएको छ ।

बैंकको चुक्ता पुँजी ७ सय ५९ करोड रहेको छ भने जगेडा कोषमा ४ लाख २१ हजार ५४० करोड भारु रहेको छ । यो अवधिमा बैंकले २२ लाख १३ हजार ९७७ करोड भारु छ ।


क्लिकमान्डु