नेपालसँग नामिबिया र नेदरल्यान्ड्सको क्रिकेट एक्सन स्पोर्टस् एचडी१ मा लाइभ हेर्न पाइने



काठमाडौं । नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का खेलहरु बिहीबारबाट सुरु हुँदै छ ।

पछिल्लो समय नेपाल र क्यानडाबीचको बाइल्याटरल सिरिज प्रत्यक्ष प्रशारण गरेको डीस होम एक्सन स्पोर्टस एचडी१ ले बिहीबारदेखि सुरु हुन लागेको आइसीसी लिग टू अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने त्रिकोणात्मक एक दिवसीय सिरिज पनि प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।

तीनै टोलीले एकअर्कासँग दुई पटक खेल्नेछन् । लिग २ का सबै ६ खेल डिशहोमको एक्सन स्पोर्टस एचडी १ ले प्रत्यक्ष प्रसारण गर्नेछ । त्यस्तै एक्सन स्पोर्टसको युट्युब र डिशहोस गो एपबाट पनि प्रत्यक्ष प्रसारण हुनेछ ।

कीर्तिपुरस्थित टियु मैदानमा लिगको पहिलो खेल फेब्रुअरी १५ मा नेपाल र नामिबियाबीच हुनेछ ।

फेब्रुअरी १७ मा नेपाल र नेदरल्यान्ड्स, फेब्रुअरी १९ मा नामिबिया र नेदरल्यान्ड्स, फेब्रुअरी २१ नेपाल र नामिबिया, फेब्रुअरी २३ मा नामिबिया र नेदरल्यान्ड्स तथा फेब्रुअरी २५ मा छैटौं तथा अन्तिम खेल नेपाल र नेदरल्यान्ड्सबीच खेल हुनेछ । लिग २ मा नेपाल, नामिबिया, नेदरल्यान्ड्ससहित क्यानडा, ओमान, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स, अमेरिका छन् । लिग २ मा हरेक टोलीले ३६ खेल खेल्नेछन् ।

उक्त सिरिज डिस होमको एक्सन स्पोर्टस एचडी र डिस होम गो एप्समा हेर्न पाइने छ । लिग टू को पहिलो खेलमा नेपालले नामेवियासँग बिहीबार १५ फेब्रुअरीमा खेल्ने छ ।

सबै खेल विहान सवा ९ बजेदेखि सुरुहुने छ । तीन वर्षसम्म चल्ने लिग २ का शीर्ष ४ टोलीले सिधै विश्व छनोट खेल्ने पाउनेछ । पुछारका ४ टोलीले भने प्ले अफ खेल्नु पर्ने हुन्छ ।


क्लिकमान्डु