नेपालीको जीवनस्तर सुध्रियो, वर्षको ७२ हजार खर्च गर्न नसक्ने नेपालीमात्रै गरिब



काठमाडौैं । नेपालीको जीवनस्तमा सुधार आएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो प्रतिवेदन अनुसार नेपालीको जीवनस्तरमा आएको सुधारकै कारण गरिबीसमेत घटेको छ । पछिल्लो १२ वर्षमा नेपालको गरिबीको दर ४.८९ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ ।

तर, नयाँ मापनका आधारमा भने यस्तो गरिबीदर ३.५७ प्रतिशतले घटेको तथ्यांक कार्यालयले औंल्याएको छ ।

तथ्यांकअनुसार आर्थिक वर्ष २०६६/६७ मा भएको तेस्रो सर्वेक्षणले २५.१६ प्रतिशत गरिबीको दर रहेको औंल्याएको थियो भने सोमबार सार्वजनिक भएको आर्थिक वर्ष २०७९/८० को चौथो प्रतिवेदनले गरिबीको दर २०.२७ प्रतिशतमा भरेको देखएको छ । यस्तो गरीबी दर सहरमा बढेको छ भने गाउँमा घटेको छ । सहरी गरिबी १५.४६ प्रतिशतबाट १८.३४ प्रतिशत पुगेको छ भने गाउँमा २७.४३ प्रतिशतबाट २४.६६ प्रतिशतमा झरेको देखिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता तथा उपप्रमुख तथ्यांक अधिकारीका अनुसार नेपालीको आफ्नै उत्पादन, ज्याला तथा तलब र रेमिट्यान्सका कारण नेपालीको आम्दानी बढ्न जाँदा गरिबी घटेको हो । जसले गर्दा नेपालीको जीवनस्तरमा पनि सुधार आउन सकेको छ ।

तथ्यांकले बार्षिक हाल कायम भएको न्यूनतम आधारभूत आवश्यकताको लागत प्रति व्यक्ति प्रति वर्ष औषतमा ७२ हजार ९०८ रुपैयाँ रहेको छ । यसको अर्थ ७२ हजार भन्दा कम खर्च गर्न नेपाली मात्रै गरिबी रेखामुनी रहेका छन् । यस्तो खर्चमा खाद्यान्नको लागि ३५ हजार २९ रुपैयाँ र गैरखाद्ययमा ३७ हजार ८७९ रुपैयाँ भएको देखिएको छ ।

तथ्यांक कार्यालयले ९ हजार ६०० घरपरिवारले गरेको खर्चको आधारमा सर्वेक्षण गरेको छ । विभिन्न ८ सय क्षेत्रमा भएको गणना क्षेत्रबाट आएको नतिजालाई विश्लेषणबाट नयाँ तथ्य सार्वजनिक गरेको हो ।

तथ्यांका अनुसार यस अघि भएको तेस्रो जीवनस्तर सर्वेक्षण २०११ को तुलनामा चौथो सर्वेक्षण (२०२३)मा नेपालीको उपभोग खर्च भने ६६ प्रतिशतले बढेको छ । यो अवधिमा ९४ प्रतिशत नेपालीको घरमा विजुली सुविधा पुगेको, ९.३ किलोमिटर भित्रै अस्पताल रहेको देखिएको छ ।

यो तथ्यांक अनुसार १.८५ प्रतिशत घरपरिवासँग कार, ८.७७ प्रतिशतको घरमा, कम्प्युटर, २५.१५ प्रतिशतको घरमा मोटरसाइकल रहेको छ ।

२६.८९ प्रतिशतको घरमा फ्रिज, ६०.८५ प्रतिशतसँग फ्यान र ९३.५५ प्रतिशतसँग टेलिफोन पहूँच रहेको छ ।
तथ्यांकले ३४.५६ प्रतिशत नेपालीसँग जग्गाको स्वामित्व छैन । शहरी क्षेत्रमा ४२ प्रतिशतसँग र ग्रामीण क्षेत्रमा १६ प्रतिश नेपालीसँग जग्गाको स्वामित्व छैन ।


क्लिकमान्डु