नेपाल कोल्ड स्टोरेज संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित



काठमाडौं । नेपाल कोल्ड स्टोरेज संघको अध्यक्षमा कृष्णभक्त श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

संघको १० औं अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

संघको उपाध्यक्षमा विश्वेश्वरप्रसाद कुसवाहा, सचिवमा गोकुल बराल, कोषाध्यक्ष मानवराज थापा सर्वसम्मत चयन भएका छन् ।

संघको सदस्यमा देवानजंग चौधरी, आषिश शर्मा र राजेन्द्र भट्ट सर्वसम्मत चयन भएका छन् ।


क्लिकमान्डु