लगानी वातावारण बनाउन दर्जन कानुन संशोधन गर्नुपर्ने प्रस्ताव



काठमाडौँ । लगानीको वातावारण बनाउन एक दर्जन कानून संशोधन गर्नुपर्ने प्रस्ताव लगानी सम्मेलन निर्देशक समितिले गरेको छ । समितिले विकास निर्माणलाई गति दिन कानूनी जटिलता हटाउनुपर्ने निष्कर्ष निकालेको छ ।

लगानी सम्मेलन निर्देशक समितिकोका संयोजकसमेत रहेका अर्थमन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा बिहीबार बसेको बैठकमा लगानी सम्मेलनलाई दृष्टिगत गर्दै तयार भएको नीति, कानुन तथा संरचनागत सुधार सम्बन्धी प्रतिवेदन तथा परियोजनाहरूका सम्बन्धमा छलफल भएको थियो ।

बैठकमा नीति, कानुन तथा संरचनागत सुधार कार्यदलका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एकनारायण अर्यालले कानुनी तथा नीतिगत सुधार सम्बन्धमा तयार भएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

निजी क्षेत्र समेतको सहभागितामा प्रतिवेदन तयार भई मुख्य सचिव संयोजकत्वको लगानी सम्मेलन कार्यान्वयन समितिको बैठकमा प्राप्त पृष्ठपोषण समेत समावेश गरी तयार भएको प्रतिवेदनमा आधारित रहेर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत् लगानी सहजीकरण गर्न केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ मन्त्रिपरिषद्को स्वीकृति पश्चात् अनुमोदनका लागि संसदीय प्रक्रियामा प्रवेश गर्नेछ ।

कार्यदलले उद्योग, व्यवसाय एवं लगानीमा देखिएका कानुनी तथा नीतिगत अवरोध हटाउने र निर्माण परियोजना कार्यान्वयनमा अनुभव गरिएका अप्ठ्यारा र ढिलासुस्ती हटाउने उद्देश्यले औद्योगिक व्यवसाय ऐन ९२०७६०, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ९२०७५०, विशेष आर्थिक क्षेत्र ऐन ९२०७३०, वन ऐन ९२०७६०, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन ९२०२९०, भूमि सम्बन्धी ऐन ९२०२१०, जग्गा प्राप्ति ऐन ९२०३४०, वातावरण संरक्षण ऐन ९२०७६०, विद्युतीय ९इलेक्ट्रोनिक० कारोबार ऐन ९२०६३०, नेपाल नागरिक उड्ययन प्राधिकरण ऐन ९२०५३०, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली ९२०७७० तथा वन नियमावली ९२०७९० का विभिन्न प्रावधानहरूमा संशोधन प्रस्ताव गरेको छ ।

त्यस्तै बैठकमा तेश्रो लगानी सम्मेलनमा प्रस्तुत हुने परियोजनाहरूको तयारीका सम्बन्धमा प्राविधिक समितिका संयोजक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्द निरौलाले प्रस्तुतीकरण गरेका थिए । प्राविधिक समितिले परियोजना अध्ययनको विभिन्न चरणमा रहेका परियोजना वर्गीकरण गरी परियोजनाहरूको प्रारम्भिक सूची तयार गरी थप गृहकार्य अघि बढाएको छ ।


क्लिकमान्डु