सवारी साधन दुर्घटनासम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव प्रतिनिधि सभामा दर्ता



काठमाडौं । प्रतिनिधि सभामा सवारी साधन दुर्घटना न्यूनीकरणका विषयमा संसदमा छलफल गर्नका लागि जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ ।

सडक सुरक्षा परिषद्लाई गतिशिल बनाउन छलफल गराउन आवश्यक भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले उक्त प्रस्ताव दर्ता गराएको हो ।

‘सडक सुरक्षा सम्बन्धी राष्ट्रिय लक्ष्य, उद्धेश्य, नीति तथा रणनीति बनाएर दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले तत्कालीन मन्त्रिपरिषद्ले २०७३ पुसमा सडक सुरक्षा परिषद गठन गरेको थियो । तर, त्यसपछि परिषद सञ्चालनका लागि न कानुन बन्यो, न बजेट नै विनियोजन भयो,’ बुधबार प्रतिनिधि सभामा दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावमा उल्लेख गरिएको छ ।

हालको कानुनी व्यवस्थाले दिगो, सुरक्षित, जोखिममुक्त र भरपर्दो यातायात सञ्चालन र सुरक्षा प्रणालीको विकासका लागि आवश्यक पर्ने दूरदृष्टि र उद्धेश्यको अभाव रहेको उल्लेख गर्दै रास्वपाले छलफल आवश्यक रहेको जनाएको छ ।


क्लिकमान्डु