सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढ्यो



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँ कायम भएको थियो । बुधबार प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख १८ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ५० रुपैयाँ कायम भएको छ ।

साथै, बुधबार चाँदीको मूल्य स्थिर रही प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु