यति कार्पेटले एकै वर्ष गर्‍यो ४६ करोड रुपैयाँको कारोबार



काठमाडौं । यति कार्पेटले एकै वर्ष ४६ करोड ३० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२२ मा ३० करोड ४० लाख रुपैयाँ र सन् २०२१ मा १९ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो ।

केडिया अर्गनाइजेशन र रिलायन्स ग्रुपको ५०/५० प्रतिशत स्वामित्व रहेको कम्पनीले नन–आभेन र टफ्टेड कार्पेट उत्पादन गर्दै आएको छ । कम्पनीले विभिन्न देशबाट फाइबर र धागो आयात गरी कार्पेट उत्पादन गर्दै आएको छ ।

कम्पनीमा अनिलकुमार केडियाको २५ प्रतिशत, आयुष केडियाको १५ प्रतिशत, नरेन्द्रकुमार अग्रवालको १३ प्रतिशत र लोकेश तोडीको १३ प्रतिशत हिस्सा छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीनक कर्जाका लागि ५७ करोड ४९ लाख रुपैयाँको रेटिङ गराएको छ ।

सरकारले कार्पेट आयातमा ३० प्रतिशत भन्सार दर तोकेको छ भने स्वदेशमा कार्पेट उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ आयातमा ५ प्रतिशत भन्सार शुल्क तोकेको छ । उक्त व्यवसथाले स्वदेशको उद्योगहरुलाई राहत मिलेको जनाएको छ ।


क्लिकमान्डु