चिप प्रविधिमा आधारित पेपरलेस भिजिटिङ कार्ड उत्पादन गर्दै इभाज, यस्ता छन् विशेषता



काठमाडौं । इभाज कार्ड प्रालिले पेपरलेस डिजिटल कार्डको उत्पादन गर्ने भएको छ । पेपरको प्रयोग घटाउँदै डिजिटल माध्यमबाट कार्डको आदानप्रदान गर्न सकिने गरी कम्पनीले डिजिटल कार्डको उत्पादन सुरु गरेको हो ।

कम्पनीले हाल भिजिटिङ कार्डलाई पेपरलेस बनाएको छ ।

चिप प्रविधिमा आधारित यसमा एटिएम कार्डमा जस्तै रहने चिपमा व्यक्ति वा कम्पनीको सम्पूर्ण विवरणहरु राखिन्छ । कार्डलाई मोबाइलबाट स्क्यान गरेर व्यक्तिको सम्पूर्ण विवरण निकाल्न सकिनेछ ।

चिपको माध्यमबाट कार्डलाई मोवाइल ‘टच’ र वा क्यामरामा ‘स्क्यान’ गरिसकेपछि सिधै मोवाइल फोनको ‘कन्ट्याक लिष्टमा सेभ गर्न सकिने फिचर राखिएको कम्पनीले जनाएको छ।

व्यक्तिले यसमा राखिएका व्यक्तिगत विवरणहरु आफूले चाहेको समयमा ‘इडिट’ गर्न सक्नेछन् ।

कम्युनिकेसनका सञ्चालक दिवाकर अर्याल र सरोज बानियाँले इभाज कार्ड प्रालि मार्फत नेपालमा डिजिट कार्ड भित्राएका हुन् ।

कम्पनीका अध्यक्ष दिवकार अर्याल चर्को मुल्य तिरेर बर्षेनी भिजिटिङ्ग कार्ड छाप्ने झन्झटमा मुक्ति पाउनका लागि यो कार्ड बहुउपयोगी हुने बताउँछन् ।

‘यो कार्ड एकपटक छापिसकेपछि पुनः छाप्ने झन्झट नहुने, खर्चिलो नहुने र कागजको कार्डले वातावरणमा समेत असर पुर्‍याएको हुँदा यो कार्ड वातावरण मैत्री समेत छ ।’ कार्डको सुरुवाती मूल्य ४ हजार राखिएको छ ।


क्लिकमान्डु