सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घट्यो



काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँ कायम भएको थियो । सोमबार प्रतितोला ७ सय रुपैयाँले घटेर १ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, सोमबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार २५० रुपैयाँ कायम भएको छ ।

साथै, सोमबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १४ सय १५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु