काठमाडौंका यी ठाउँमा आज दिनभर बत्ति नहुने



काठमाडौं । काठमाडौंको विभिन्न स्थानमा आज विद्युत् अवरूद्ध हुने भएको छ । ति स्थानमा चार घन्टादेखि साढे ४ घन्टासम्म बिजुली अवरुद्ध हुने भएको हो ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार साँखु फिडर अन्तर्गत पर्ने मायापाटी, ब्रम्हखेल, इन्द्रायनी, साँखु, जहरसिं पौवा, नांगलेभरे क्षेत्रमा आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।

११ केभी मुलपानी सब-स्टेशन मर्मतका लागि साँखु फिडर सटडाउ गर्नु पर्ने भएकाले ती क्षेत्रमा आज चार घन्टा विद्युत् अवरूद्ध हुने भएको हो ।

त्यस्तै लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा पनि बिहान साढे ९ बजेदेखि दिउँसो साढे २ बजेसम्म विद्युत अवरूद्ध हुनेछ ।

लाजिम्पाट फिडर अन्तर्गत पर्ने ती क्षेत्रहरूमा विद्युत तार भूमिगतको काम गर्न लागिएको हो ।


क्लिकमान्डु