नेपालीहरू गैरआर्थिक स्वतन्त्रता परस्त, गैरपुँजीवादी सोच हाबी



पुँजीवाद र स्वतन्त्र बजार अर्थतन्त्रका सम्बन्धमा नेपालीहरू के सोच्छन्, र यी विषयमा नेपालीहरूको मनोवृत्ति अन्य ३३ वटा देशका मानिसहरूसँग के फरक छ ? अनुसन्धानको यस आधाभूत प्रश्नका आधारमा सन् २०२१ को जुनुदेखि सन् २०२२ को डिसेम्बरसम्म जम्मा ३४ देशमा एक सर्वेक्षण अध्ययन गरिएको थियो । यो अध्ययन पुँजीवाद सम्वन्धमा गरिएको विश्वको सबैभन्दा ठूलो र विस्तृत अध्ययन हो ।

यसलाई Attitudes towards capitalism in 34 countries on five continents बाट प्राप्त गर्न सकिन्छ । यो सर्वेक्षण संयुक्त अधिराज्य अमेरिका र युरोप, दक्षिण अमेरिका, एसिया र अफ्रिकाका साना, मध्यम तथा ठूला सबै देशहरूमा सञ्चालन गरिएको थियो । हरेक देशमा करिब एक हजार जना उत्तरदाताहरूमा सर्वेक्षण गरिएको थियो ।

यस सर्वेक्षणमा जम्मा ३४,५५० उत्तरदाताहरूले सहभागिता जनाएका थिए । नेपालमा फ्याक्ट्स रिसर्च एन्ड एनालाइटिक्स प्रालिले सन् २०२२ अगस्ट ८ देखि सेप्टेम्बर ३ सम्म एक हजार २१ व्यक्तिमा सर्वेक्षण गरेको थियो ।

सर्वेक्षण गरिएका सबै देशको तथ्याङ्क हेर्दा जम्मा २७ हजार ०९३ जनामा सर्वेक्षण गरिएको थियो । अध्ययनका क्रममा सर्वप्रथम हामीले बजार अर्थतन्त्रका बारेमा “पुँजीवाद” भन्ने शब्द प्रयोग नगरी बजार अर्थतन्त्रका विषयमा छ वटा कथनहरू सहित उत्तरदाताहरूसँग अन्तरवार्ता लिएका थियौँ ।

नेपालमा आर्थिक स्वतन्त्रता सम्बन्धी प्रवृत्ति
नेपालमा आर्थिक स्वतन्त्रतासम्बन्धी मानिसहरूको दृष्टिकोण तीनवटा राज्यपरस्त र तीनवटा बजारपरस्त कथन सम्बन्धमा प्राप्त प्रतिक्रियाको विश्लण गर्दा ६४ प्रतिशत उत्तरदाताले पुँजीवादले सरकारका लागि सशक्त भूमिका निवार्ह गर्छ भन्ने प्रतिक्रिया व्यक्त गरे भने ५५ प्रतिशतले बताएअनुसार बजारपरस्त कथनहरूले सरकारको भूमिका न्यून गर्छ ।

सकारात्मक कथनहरूका औसतलाई नकारात्मक कथनहरूको औसतले भाग गर्दा ०.८६ को गुणााङ्क प्राप्त हुन जान्छ । म यस गुणााङ्क बारे पटक पटक उल्लखे गर्नेछु । गणितीय दृष्टिकोणबाट विश्लेषण गर्दा १.० भन्दा धेरै गुणाङ्क भएमा आर्थिक स्वतन्त्रता परस्त सोच हाबी हुन्छ भन्ने अर्थ लाग्छ । अर्कातर्फ, यदि १.० भन्दा कम गुणाङ्क भएमा गैर आर्थिक स्वतन्त्रता परस्त सोच हाबी हुन्छ (चित्र १) भन्ने अर्थ लाग्छ ।

चित्र १

नेपालीहरूले ‘पुँजीवाद’सँग के जोड्दछन् ?
यस विषयमा सबै उत्तरदातालाई १० शब्द दिइएका थियो । उक्त शब्दहरूमध्ये पाँचवटा सकारात्मक र पाँचवटा नकारात्मक थिए । दिइएका शब्दहरूले ‘पुँजीवाद’सँग के सम्बन्ध राख्छन् भनेर सोधिएको थियो ।

यस क्रममा सोधिएअनुसार नेपाली उत्तरदाताले ‘पुँजीवाद’ शब्दसँग आफ्नो सकारात्मक र नकारात्मक सम्बन्ध हुने सम्भावना बराबर रहेको बताएका छन् । विशेष गरी नेपालीले ‘पुँजीवाद’लाई सकारात्मक कुरासँग जोडेका छन् । पुँजीवादसम्बन्धी ८४ प्रतिशतले ‘धेरै वस्तुहरूको उपलब्धता’ भन्ने उत्तर दिएका थिए । यसका अलवा पुँजीवादसँग सम्बन्धित ७४ प्रतिशत उत्तरदाताले ‘अरुको मतलब नगर्ने (स्वार्थी)’ भन्ने प्रतिक्रिया दिए ।

यसै गरी ७८ प्रतिशत उत्तरदाताले ‘लोभी’ भनेर प्रतिक्रिया दिए । पुँजीवादसँग सम्बन्धित सोही सङ्ख्यामा उत्तरदाता (७७ प्रतिशत) ले ‘प्रगति’ भन्ने जवाफ दिए भने ७४ प्रतिशतले ‘समृद्धि’ भन्ने जवाफ दिए । नेपाली उत्तरदातामध्ये औसतमा ७४ प्रतिशतले पुँजीवादसँग नकारात्मक सम्बन्ध रहेको बताए भने ७४ प्रतिशत उत्तरदाताले पुँजीवादसँग सकारात्मक सम्बन्ध रहेको बताएका छन् (चित्र २) ।

चित्र २: नेपाल: ‘पुँजीवाद’सँगको सम्बन्ध

पुँजीवाद’ सम्बन्धी १८ वटा सकारात्मक र नकारात्मक कथन
सर्वेक्षणका उत्तरदातालाई ‘पुँजीवाद’सम्बन्धी जम्मा १८ वटा कथन दिइएको थियो । उक्त कथनमध्ये १० वटा नकारात्मक र आठवटा सकारात्मक थिए ।

पुँजीवादसम्बन्धी तयार गरिएको प्रश्नको यस समूहमा सकारात्मक उत्तरहरू (३७ प्रतिशत) को तुलनामा नकारात्मक उत्तरहरू (५२ प्रतिशत) प्रस्तुत गर्नेको सङ्ख्या उच्च रहेको थियो ।

पुँजीवादसम्बन्धी सकारात्मक कथनहरूको प्रतिशतलाई नकारात्मक कथनहरूको प्रतिशतले भाग गर्दा गुणाङ्कको प्रतिफल ०.७२ प्राप्त भयो (१.० भन्दा न्यून गुणाङ्कले गैरपुँजीवादी प्रवृत्तिको सङ्केत गर्छ) ।

कुनै पनि अपवादविना भन्नुपर्दा सबैभन्दा उच्चतम तहको आकर्षण गर्ने पाँचवटा कथन सबै नकारात्मक थिए । उदाहरणका लागि ७२ प्रतिशत नेपाली उत्तरदाताको प्रतिक्रिया, ‘पुँजीवादमा धनीहरूको हालीमुहाली हुन्छ र उनीहरूले राजनीतिक एजेन्डा तय गर्छन्’ भन्ने थियो । यसै गरी ६३ प्रतिशत उत्तरदाताका अनुसार ‘पुँजीवादले स्वार्थ र लोभलाई बढावा दिन्छ ।’ र, ६१ प्रतिशत उत्तरदाताले जिकिर गरेअनुसार ‘पुँजीवादले मानिसहरूलाई नचाहिएको सामग्रीसमेत किन्न लोभ्याउँछ ।’

यससम्बन्धी दुईवटा भनाइ छन्, ‘पुँजीवादले बढ्दो असमानतातर्फ धकेल्दछ’ र ‘पुँजीवादले एकाधिकार निम्त्याउँछ जहाँ व्यक्तिगत कम्पनीहरूले सम्पूर्ण बजारलाई नियन्त्रण गर्छन् ।’ यी दुवै भनाइ ६० प्रतिशत नेपाली उत्तरदाताबाट प्राप्त भएका हुन् (चित्र ३) ।

चित्र ३: नेपाल: पुँजीवादसम्बन्धी कथनहरू – १० वटा नकारात्मक कथन

पुँजीवाद: भ्रम, वास्तविकता र तथ्य” नामक पुस्तकमा वस्तुनिष्ठ तथ्याङ्कका आधारमा हामीले अध्ययन गरेका छौं कि पुँजीवादले भोक र गरिबी घटाउन निकै अविश्वसनीय कार्य गरेको छ । यसका साथै धेरै देशमा सर्वसाधारण मानिसको जीवनस्तर उकास्नसमेत पुँजीवादले महत्त्वपर्ण भमिका निर्वाह गरेको छ । कुनै पनि अर्थशास्त्रीले यसलाई गम्भीर रूपमा नकार्न सकेका छैनन् तर केवल ३६ प्रतिशत नेपाली उत्तरदाताले यस कुराको प्रशंसा गरेका छन् कि, ‘पुँजीवादले धेरै देशका सर्वसाधारण मानिसको अवस्थामा सुधार ल्याएको छ ।’

दक्षिण कोरिया, ताइवान, चीन, सिङ्गापुर र भियतनामजस्ता देशलगायत आफ्नै देशमा यस्तो अवस्था देख्न सक्छन् (चित्र ४) । करिब ४० प्रतिशत उत्तरदाता सहमत भएको कथन ‘पुँजीवाद भोक र गरिबीका लागि जिम्मेवार छ’ केही मात्रामा उच्च छ ।

पुँजीवाद: भ्रम, वास्तविकता र तथ्य” नामक पुस्तकमा विगत सय वर्षको अवधिमा पुँजीवादी प्रणाली स्थापना गर्ने प्रयास असफल भएको अध्ययन गर्यौं। यीं असफल पुँजीवादी प्रयोगको प्रतिफलस्वरूप मानिसहरूले अतुलनीय पीडा सहनुका साथै १० करोडभन्दा बढीले मृत्युवरण गर्नुपरेको अवस्थामा केवल ३८ प्रतिशत नेपाली उत्तरदाताको अवधारणाअनुसार ‘पुँजीवाद अपरिवर्तनीय छ । पुँजीवादलाई प्रतिस्थापन गर्ने विगतका प्रयासले सधैँ तानासाह र पीडा निम्त्याएको छ’ भन्ने रहेको छ (चित्र ४)।

चित्र ४: नेपाल: पुँजीवादसम्बन्धी कथनहरू – ८ वटा सकारात्मक कथन

अन्य देशको तुलनामा नेपालमा पुँजीवाद प्रतिको मनोवृत्ति कस्तो छ ?
आर्थिक स्वतन्त्रता र पुँजीवादसँग सम्बन्धित दुईवटा प्रश्नहरूसँग सम्बन्धित तथ्याङ्क मिलाउँदा त्यसको प्रतिफल गुणाङ्क ०.८६ प्राप्त भएको छ । यो गुणाङ्क अन्य देशहरूको तुलमा निर्णायक सिद्ध भएको छ । हामीले गरेको सर्वेक्षण अनुसार नेपालभन्दा १३ धेरै देशहरू पुँजीवादी प्रवृत्ति भएका देशहरू छन् । यसको ठीक विपरित, २० वटा देशहरूमा गैर–पुँजीवादी प्रवृत्ति रहेका छन् । पुँजीवादप्रति सबैभन्दा सकारात्मक सोच भएका देशहरू पोल्याण्ड, संयुक्त राज्य अमेरिका र दक्षिण कोरिया हुन् (चित्र ५) ।

चित्र ५

नोट: गुणाङ्क जति कम हुन्छ गैर–पुँजीवादी सोच त्यति नै उच्च मानिन्छ ।

जर्मन नागरिक डा. राइनर जिटलम्यान इन डिफेन्स अफ क्यापिटलिज्म (नेपाली अनुवाद- पुँजीवाद: भ्रम, वास्तविकता र तथ्य) पुस्तकका लेखक हुन्


क्लिकमान्डु