निर्धन उत्थान लघुवित्तद्वारा ऋण नतिर्ने ११० जनाको नाम सार्वजनिक

23k
Shares

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ऋण नतिर्ने ११० जना ऋणीको नाम सार्वजनिक गरेको छ । लघुवित्तले एकैदिन एक सयभन्दा बढी ऋणीले समयमै ऋण नतिर्दा नाम सार्वजनिक गरेको हो ।

सूचनाअनुसार धितो सुरक्षण राखि सामूहिक जमानीमा कर्जा लिएका ऋणीले लिएको ऋण कर्जाको साँवा व्याज लगायत अन्य रकमसमेत लघुवित्त वित्तीय संस्थासंगको समय–समयमा तिर्न बुझाउनु पर्ने थियो । तर, उक्त रकम नतिरी नबुझाई ऋण कर्जा सम्बन्धी सर्त बन्देज उल्लङघन भएकोले पटक पटक मौखिक तथा लिखित रूपमा तरताकेता गर्दा समेत सो ऋण कर्जा चुक्ता भुक्तान गर्ने सम्बन्धमा कुनै चासो नदेखाई बेवास्ता भएकोले ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको लघुवित्तले जनाएको छ ।

सूचना प्रकाशित भएको ३५ दिनभित्र यस लघुवित्त वित्तीय संस्थामा सम्पर्क राखि यस वित्तीय संस्थाबाट लिएको ऋण कर्जाको सम्पूर्ण सावा व्याज र अन्य दस्तुर चुक्ता भुक्तान गर्न अनुरोध गरेको छ ।

यदि नतिरेको खण्डमा प्रचलित ऐन, कानून तथा यस लघुवित्त वित्तीय संस्थासँग गरेको लिखत बमोजिम ऋणी तथा जमानीकर्तालाई समेत कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम समावेश गरिनुका साथै धितोमा रहेका वा नरहेको चलअचल सम्पत्ति लिलाम विक्री गरी वा अन्य कुनै व्यवस्था गरी लघुवित्त वित्तीय संस्थाको आफ्नो लेना रकम असुल उपर गरिने सूचनामा उल्लेख छ ।

Skip This