बुढीगण्डकीको वातावरणीय प्रभाव मूल्यांकन: साढे ५५ अर्ब लागत, ५ वर्षमा सकिने



काठमाडौं । राष्ट्रिय गौरब आयोजना बुढीगण्डकी जलविद्युत साढे ५५ अर्ब लगानीमा बन्ने भएको छ । आयोजनाको वातावारणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनअनुसार आयोजना निर्माणको लागत ५५ अर्ब ५७ करोड ९० लाख रुपैयाँमा रहेको छ ।

सरकारले बुढीगण्डकी जलविद्युत आयोजनालाई प्राथमिकता राख्दै आएको छ । गोर्खा जिल्लाको चुमनुम्ब्री–३, धार्चे–१ र धार्चे–३ जिल्लामा निर्माण हुने उक्त आयोजनाबाट ३४१ मेगावाट बिजुली उत्पादन गर्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार आयोजनाको पावरहाउस साइट उयिया र तातोपानी गाउँपालिमामा हुनेछ । आयोजनामा एक वटा एप्रोच टनेल हुनेछ । उक्त टनेल ७.२ मिटर आकारको ३९० मिटर लम्बाइको इन्भरर्टेड डी आकारको टनेल हुनेछ । त्यस्तै, आयोजनासँग जोड्नका लागि तीन वटा सुरुङ हुनेछ । उक्त सुरुङ १३८ मिटर लम्बाइ हुने जनाएको छ ।

त्यसैगरी, आयोजनामा ५.८ किलोमिटर लम्बाइको हेठरेस टनेल हुनेछ । प्रतिवेदनअनुसार ६ वटा टरबाइन हुनेछ भने उक्त प्रति टरवाइन ६.४३ मेगावाटको हुनेछ ।

आयोजनाबाट सुक्खायाममा प्रतिघण्टा ३४९.०६ गिगावाट र उच्च सुक्खायाममा २०७.४९ गिगावाट बिजुली उत्पादन हुनेछ । जसमा सुक्खा मौसममा औसत प्रतिघण्टा ५५७.५६ गिगावाट विजुली उत्पादन हुनेछ । तर, वर्षायाममा भने आयोजानबाट १२८०.६ गिगावाट बिजुली उत्पादन हुनेछ ।

सुक्खा र वर्षा गरी औषत प्रतिघण्टा १८३७.१६ गिगावाट विजुली उत्पादन हुनेछ ।

प्रतिवेदनअनुसार हालको आयोजनाको वर्तमान मूल्य १२ अर्ब ६ करोड १ लाख रुपैयाँ छ । आयोजनाबाट प्रतिफलको आन्तरिकदर १३.८१ प्रतिशत रहेको छ । साथै, १५.१२ प्रतिशत इक्विटी फिर्ता गर्ने जनाएको छ । साथै, आयोजनाको निर्माण अवधि ५ वर्षमा सम्पन्न गर्ने उल्लेख छ ।


क्लिकमान्डु