युवा संघद्वारा काठमाडौंमा मशाल जुलुस



काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले मशाल जुलुस निकालेको छ ।

मंसिर ७ गते गर्न लागेको प्रदर्शनको पूर्वसन्ध्यामा राष्ट्रिय युवा संघले काठमाडौंको तीनकुनेमा मशाल जुलुस निकालेको हो । मशाल जुलुसमा सहभागीहरुले भ्रष्टाचार, महँगी र अराजकता नियन्त्रणमा सरकारले चासो निदिएको भन्दै सरकारको बिरोध गरेका थिए ।

युवा संघले मंसिर ७ गते तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेको छ । त्यसअघि प्रदर्शनीको तयारीका लागि संघले काठमाडौंमा भेला आयोजना गरेको थियो ।

सोही दिन दुर्गा प्रसाईं नेतृत्वको अभियानले पनि राजधानीको बल्खुमा प्रदर्शनको तयारी गरेको छ । केही समय यता एमाले नेता महेश बस्नेत र प्रसाईं एक अर्काविरुद्ध आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

७ गते प्रसाईंले माइतीघरमा गणतन्त्रविरुद्धको प्रदर्शन गर्ने घोषणा गरेपछि सोही दिन सोही स्थानमा कार्यक्रम गर्ने तयारी युवा संघले गरेको थियो ।

दुई पक्षबीच द्वन्द्वको अवस्था सिर्जना हुन लागेपछि जिल्ला प्रशासन कार्यालयले बानेश्वरदेखि माइतीघरसम्मको क्षेत्र निषेधित घोषणा गरेको थियो । त्यसपछि युवा संघले तीनकुने र प्रसाईं पक्षले बल्खुमा कार्यक्रम गर्ने भएका छन् ।


क्लिकमान्डु