भूकम्पपीडितलाई युनिलिभर नेपालद्वारा राहत सामग्री प्रदान



काठमाडौं । युनिलिभर नेपालले पश्चिम नेपालको जाजरकोट र पश्चिम रुकुममा भूकम्पबाट प्रभावित जनसमुदायको साथमा ऐक्यबद्धता जनाएको छ । मानवीय सहायताप्रति प्रतिबद्धताको एक हिस्सास्वरुप युनिलिभर नेपालले प्रभावित क्षेत्रमा अत्यावश्यकीय सहायता सामग्री उपलब्ध गराएको हो ।

युनिलिभर नेपालले हर्लिक्स, सुप, औषधी र औषधोपचार सामग्रीसहित ७०० थान ब्ल्याङ्केट, २५० थान त्रिपाल र स्थानीय रुपमा खरिद गरिएका थप खाद्यान्न जाजरकोट र रुकुममा वितरण गरेको छ ।

युनिलिभर नेपालले स्थानीय निकाय, संघसंस्था, संगठन र समुदायसँग समन्वय गरेर राहत सामग्री वितरणको कार्य प्रभावकारी ढंगले गरिरहेको जनाएको छ ।


क्लिकमान्डु