भायानेटले ल्यायो ‘रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग’ अफर



काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी भायानेट कम्युनिकेसनले ‘रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग !’ अफर घोषणा गरेको छ । अफरअन्तर्गत चार जना साथी वा परिवारका सदस्यलाई रेफर गर्ने ग्राहकले ४ महिनाको नि:शुल्क इन्टरनेटका साथै अल्टिमा इयरबड पनि नि:शुल्क प्राप्त गर्न सक्नेछन् ।

यो अफर भायानेटको पहिले नै लोकप्रिय भइसकेको चाडपर्व अफर ‘चाडमा चौका’ अभियानको विस्तारको रूपमा आएको कम्पनीले जनाएको छ । ‘चाडमा चौका’ अफरअन्तर्गत भायानेटले नयाँ किफायती इन्टरनेट प्याकेजहरू प्रतिमहिना भ्याटबाहेक ७ सय र ग्राहकलाई अल्टिमा वायरलेस इयरबडहरू तथा हिमस्टार होम एप्लिएन्सहरूमा ५० प्रतिशत छुट प्रदान गर्छ ।

कात्तिक १६ बाट सुरू भएर मंसिर ९ मा अन्त्य हुने यो नयाँ अफर ‘रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग !’ मा भायानेटका ग्राहकले भायानेट परिवारमा सामेल हुन चार जना साथी वा परिवारका सदस्यलाई रेफर गर्नुपर्नेछ ।


क्लिकमान्डु