कति बजे लगाउने टीका ?



काठमाडौं । आज मान्यजनको हातबाट टीका र प्रसाद ग्रहण गरि विजया दशमी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैंको साइत कात्तिक ७ गते बिहान ११:०२ बजे रहेको जनाएको छ ।

यस वर्षको बडादसैं अर्थात् दुर्गा पक्षको सुरुआत भने असोज २८ गते आइतबार भएको थियो । जसलाई नवरात्रारम्भ पनि भनिन्छ । त्यस दिन बिहान ११:२९ बजे घटस्थापना गरिएको जमरा आज ग्रहण गरिने हो ।

कात्तिक ७ गते विजयादशमीका दिन बिहान १०:३७ बजे देवी विसर्जनको साइत रहेको छ । देवी विसर्जन सकेपछि दुर्गाकोप्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११:०२ बजेको साइत दिइएको समितिले जनाएको छ ।

कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादसैं पर्व समाप्त हुन्छ ।


क्लिकमान्डु