११ कम्पनीले बोलाए वार्षिक साधारणसभा, यी हुन् लगानीकर्तालाई हात खालि बनाउने चार कम्पनी



काठमाडौं । विभिन्न ११ वटा कम्पनीले आगामी साधारणसभाको मिति तय गरेका छन् । साधारणसभा बोलाएका ११ वटा कम्पनीमा ४ वटा जलविद्युत कम्पनी, ५ वटा वाणिज्य बैंक, एक होटल र एक लघुवित्त कम्पनी रहेका छन् ।

सभा बोलाएका कम्पनीमध्ये सात कम्पनीले सेयरधनीलाई लाभांश दिने भएका छन् भने चारवटा कम्पनीले सेयरधनीको हात खालि बनाएका छन् ।

माईखोला हाइड्रोपावर कम्पनीले असोज १८ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । सभामा १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव लैजाने भएको छ । सभाका लागि भन्दै असोज ४ गते नै बुक क्लोज गरिसकेको छ ।

बलेफी हाइड्रोपावरले दुई आर्थिक वर्षको वार्षिक साधारणसभा एकै पटक बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को सभा असोज १८ गतेका लागि बोलाएको छ ।

सभामा १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव लगिने भएको छ । सभाका लागि भन्दै कम्पनीले असोज ५ गते बुक क्लोज भइसकेको छ ।

माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०७९/०८० को वार्षिक साधारणसभा असोज १८ गतेका लागि बोलाएको हो । बैंकले सभाका लागि भन्दै असोज ८ गते बुक क्लोज गरिसकेको छ । बैंकले सेयरधनीलाई १३.३० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने छ ।

ओरियण्टल होटल्सले असोज २५ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । होटल्सले सभा प्रयोजनका लागि असोज १२ देखि २५ गतेसम्मका लागि बुक क्लोज गरेको छ ।

असोज ११ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् । कम्पनीले आर्थिक वर्ष २०७९/०८० को नाफाबाट ५.२६ प्रतिशत नगद लाभांश दिने भएको छ ।

शिव श्री हाइड्रोपावर कम्पनीले असोज २५ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/०७६ देखि २०७८/०७९ सम्मको सभा गर्न लागेको छ ।

सभाका लागि असोज १७ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले सभामा १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव लैजाने छ ।

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले असोज २६ गतेका लागि सभा बोलाएको छ । सभाका लागि असोज १८ देखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

१७ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट १७.९३ प्रतिशत लाभांश दिने प्रस्ताव लैजाने भएको छ ।

सुपरमाई हाइड्रो पावर कम्पनीले असोज २६ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले सभाका लागि असोज १९ गतेका लागि बुक क्लोज गर्ने भएको छ । कम्पनीले सेयरधनीको हात खाली बनाउने भएको छ ।

सिटिजन्स बैंकले असोज २६ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । सभाका लागि बैंकले असोज १५ गते बुक क्लोज गर्ने भएको छ । असोज १४ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् । बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ५.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव लैजाने छ ।

एनआईसी एशिया बैंकले असोज २८ गतेका लागि वार्षिक साभारणसभा बोलाएको छ । सभाका लागि असोज १६ देखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

असोज १५ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् । कम्पनीले आर्थिक वर्ष २०७९/०८० को नाफाबाट सेयरधनीलाई २९ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव कम्पनीको साभारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

एभरेष्ट बैंकले असोज ३० गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लाग कम्पनीले असोज १६ गतेका लागि बुक क्लोज गर्ने भएको छ । असोज १५ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

बैंकले गत आर्थिक वर्ष २०७९/०८० को नाफाबाट १० प्रतिशत बोनस र कर प्रयोजनका लागि १०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव कम्पनीको सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

सानिमा बैंकले कात्तिक २ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । सभाका लागि बैंकले असोज २२ गते बुक क्लोज गरेको छ । असोज २१ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्ष २०७९/०८० को नाफाबाट ९ प्रतिशत बोनस र कर प्रयोजनका लागि ५.७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव रहेको छ । यो प्रस्ताव सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु