यी ४ वटा प्रदेशमा आज पानी पर्ने सम्भावना



काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ ।

साथै भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

आज बिहानसम्म देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशको थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थनमा हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, गण्डकी र बागमती प्रदेशहरूका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार सोमबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती र मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


क्लिकमान्डु