हिम इलेक्ट्रोनिक्सको इन्डो एसियन मिट २०२३ सम्पन्न, साइनोरा सार्वजनिक



काठमाडौं । नेपालमा इन्डोएसियन उत्पादनको आधिकारिक वितरक हिम इलेकट्रोनिक्सले काठमाडौँमा इन्डो एसियन मिट २०२३ सम्पन्न गरेको छ ।

यस अवसरमा कम्पनीले आफ्नो नयाँ सिरिजको वायरिङ एक्सेसरिज (मोदुलर स्विच) साइनोरा नेपाली बजारमा ल्याएको छ ।

गोल्छा ग्रुपसँग आबद्ध भई नेपाली बजारमा इन्डोएसियनको उपस्थिति २ दशकभन्दा बढी भइसकेको छ । यसका उत्पादनहरु मुख्यतः एमसीबी र डिस्ट्रिब्युसन बोर्ड तथा अन्य इलेक्ट्रिकल कम्पोनेन्टहरू छन्, जसले नेपाली बजारमा उनीहरूको विश्वसनीयता र स्थायित्व प्रमाणित गरेको छ ।

प्रभाकरशमशेर थापा (उपाध्यक्ष-गोल्छा ग्रुप) र विपिन गुप्ता (जोनल हेड, इन्टरनेसनल मार्केटिङ-इन्डोएसियन) ले संयुक्त रूपमा इन्डो एसियन स्टाइलिस मोदुलर स्विचको नयाँ सिरिज साइनोराको अनावरण गरेका छन् ।

कार्यक्रममा नेपाल र भारतका इन्डोएसियन ब्रान्ड र यसका उत्पादनबारे विभिन्न जानकारीमूलक प्रस्तुतिहरू दिइएको थियो ।


क्लिकमान्डु