उड्डयन मन्त्रीले भने: सुनकाण्ड हाम्रो मन्त्रालयसँग सम्बन्धित छैन, भरिया होइन मालिक समाउनुपर्छ
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले विमानस्थलबाट सुन तस्करी प्रकरणमा भरिया नभइ यसपटक मालिक समाउनु पर्ने बताएका छन् ।
मन्त्री किरातीले सुशासनबिना समृद्धी र समाजवाद सम्भव नभएको भन्दै भनेका छन्, ‘भरिया होइन यसपालि चाही मालिक समाउनु पर्छ ।’
बुधबार विमानस्थल भन्सारबाट पास भएको १ क्विन्टल बढी सुन राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको थियो । मन्त्री किरातीले भने सुन विमानस्थलबाट पास भए पनि त्यो आफ्नो मन्त्रालयसँग सम्बन्धित नभएको उल्लेख गरेका छन् ।
‘सुनकाण्ड हाम्रो मन्त्रालयसँग सम्बन्धित नरहेको कुरा स्पष्ट गर्दछु’ उनले भनेका छन्, ‘तथापि भ्रष्टाचार र तस्करी हामी कसैलाई सह्य छैन ।’