भद्रकुमारी घले सेवा सदनमा महानगरको डोजर



काठमाडौं । सार्वजनिक जग्गा कब्जा गरि भद्रकुमारी घले सेवा सदन सञ्चालन गरिएको भन्दै त्यसलाई खाली गराउन काठमाडौं महानगरपालिकाको नगरप्रहरी पुगेको छ ।

नगरप्रहरीले तीन दिन अघि उक्त भवन खाली गर्न पत्रकाटेको थियो । तर तोकिएको समयमा भवन खाली नगरेपछि नगरप्रहरीले डोजर चलाउन लागेको हो ।

सदनमा ठूलो संख्यामा प्रहरी समेत परिचालन गरिएको छ । उक्त भवनमा असहाय अशक्त वृद्धवृद्धाहरुको लागि आश्रम सञ्चालन गरिएको छ ।

महानगरका मेयर बालेन्द्र शाहको सचिवालयकाअनुसार सार्वजनिक जग्गामा अनाधिकृत रुपमा भद्रकुमारी घलेले आफ्नो संस्था ‘भद्रकुमारी घले सेवा सदन’ सञ्चालनमा ल्याएकी थिइन् ।

महानगरले यसअघि सूचना प्रकाशित गर्दै उक्त ठाउँलाई खाली गर्नका लागि पनि निर्देशन दिएको थियो । पछिल्लो पटक तीन दिने सूचना निकाल्दै कब्जा गरिएको सार्वजनिक जग्गा खाली गर्न भन्दा पनि सो नभएपछि नगर प्रहरी आफैं पुगेको हो ।

अक्सिडेन्टल कलेज पछाडि रहेको उक्त सेवा सदनमा लगभग ६ रोपनी सार्वजनिक जग्गा कब्जा भएको थियो ।

महानगरले पछिल्लो समय अनाधिकृत रुपमा सार्वजनिक जग्गा कब्जा गरेर बस्नेहरुलाई जग्गा खाली गर्न सुचित गराइरहेको छ । बुधबार महानगरको नगर प्रहरी पुगेकै वडा नम्बर १० क्षेत्रमा अन्यले पनि सार्वजनिक जग्गा कब्जा गरेको महानगरका मेयरको सचिवालयले जनाएको छ ।

महानगरले अब निरन्तर यो क्षेत्रमा कब्जा गरेर अनाधिकृत रुपमा फिर्ता प्रयोग भइरहेका जग्गाहरु फिर्ता ल्याउनका लागि अभियान चलाएको छ । वडा नम्बर १० मा पनि यी जग्गाहरुको विषयमा उजुरी परेको सचिवालयले जनाएको छ ।


क्लिकमान्डु