कक्षा ११ मा छात्रवृत्तिका लागि काठमाडौं महानगरले परीक्षा लिँदै, साउन १२ सम्म आवेदन दिन सकिने
काठमाडौं । काठमाडौं महानगरले आगामी शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरुका लागि छात्रवृत्तिको परीक्षा साउन २० गते लिने भएको छ ।
महानगरको शिक्षा विभागकाअनुसार महानगरभित्र सञ्चालित शैक्षिक संस्थाहरुमा शैक्षिक सत्र २०८०/०८१ मा कक्षा ११ मा भर्ना भई छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नका लागि परिक्षा सञ्चालन हुने भएको हो । उक्त परिक्षामा भाग लिन चाहने विद्यार्थीहरुले असार २८ गते बिहान १० बजेदेखि साउन १२ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्ने महानगरले जनाएको छ ।
महानगरले छात्रवृत्तिका लागि परिक्षा भने साउन २० गते बिहान ११ बजेदेखि लिने जनाएको छ । छात्रवृत्तिका लागि हुने परिक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित सय वटा वहुवैकल्पिक वस्तुगत प्रश्नहरु सोधिनेछन् ।
महानगरकाअनुसार विद्यालगयत छावृत्तिको कोटा र परिक्षा केन्द्र सम्बन्धि अन्य विवरण भने पछि सार्वजनिक गरिनेछ ।