काठमाडौं महानगरमा कुन व्यवसाय गर्दा कति तिर्नुपर्छ कर ? (आर्थिक विधेयकसहित)



काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट र आर्थिक विधेयक सार्वजनि गरेको छ ।

आइतबार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आर्थिक विधेयक र उपप्रमुख सुनिता डंगोलले बजेट पेस गरेका थिए । मेयर शाहले प्रस्तुत गरेको विधेयकमा व्यवसाय करसम्बन्धी व्यवस्था गरिएको छ ।

काठमाडौं महानगरपालिका क्षेत्रभित्र स्थापित व्यापार, व्यवसाय, सेवा र यस्तै प्रकारका जुनसुकै कारोबार गर्ने व्यक्ति, संघ संस्था कम्पनी वा निकायलाई व्यवसायिक प्रकृति, स्थान बिशेष र पुँजीगत लगानी तथा आर्थिक कारोबारका आधारमा अनुसूची-७ बमोजिम व्यवसाय कर/नविकरण र परिचय पाटी शुल्क असुल गरिने विधेयकमा उल्लेख गरिएको छ ।

प्रत्येक युनिटहरुको व्यवसायको कारोबार स्थलमा कारोबारको आधारमा अलग अलग ईकाइ मानी व्यवसाय कर र परिचय पाटी शुल्क असुल गर्न यसले बाधा नपुग्ने जनाइएको छ ।

बाटाका आधारमा व्यवसाय कर नगर कार्यपालिकाले तोके बमोजिम हुनेछ, नगर कार्यपालिकाले नतोकेसम्म यसै ऐनमा भए बमोजिम हुने व्यवस्था छ ।

अनुची ७ मा व्यवासय कर र नवीकरणको दररेट प्रश्तुत गरिएको छ । पाँच लाखसम्म पुँजीगत लगानी भएका प्राइभेट साझेदारी फर्मका हकमा प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन २०७६ मा तोकिए बमोजिम हुने उल्लेख छ ।


क्लिकमान्डु