यी हुन् कर नतिर्ने १११ फर्म: १५ दिनभित्र नबुझाए सम्पत्ति रोक्का, विदेश जान प्रतिवन्ध



काठमाडौं । आन्तरिक राजस्व कार्यालय बालाजुले पटक पटक ताकेता गर्दा पनि कर नतिर्ने १११ कम्पनीहरुलाई १५ दिनभित्र कर बुझाउन निर्देशन दिएको छ ।

१५ दिनभित्र आय कर, मूल्य अभिवृद्धि कर तथा अन्त:शुल्क बापतको रकम चुक्ता गर्न भनेको छ । १५ दिनभित्र कर चुक्ता नगरेको खण्डमा करदाता र जिम्मेवार व्यक्तिको चलअचल सम्पत्ति रोक्का गर्ने, लिलामी गर्ने, आयात निर्यात रोक्का गर्ने, बैंक खाता रोक्का गर्ने, बैंक तथा वित्तीय संस्थामा रहेको रकमबाट भुक्तानी गर्न लगाउने जनाएको छ ।

‘तोकिएको समय भित्र वस्यौता कर रकम भुक्तानी वा फछ्यौट हुन नआएमा आयकर ऐन, २०५८ को दफा १०४ देखि ६० १११, मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २१ तथा अन्तःशुल्क ऐन, २०५८ को दफा २२ मा उल्लेख भए बमोजिम सम्बन्धित करदाता र जिम्मेवार पदाधिकारीको चलअचल सम्पत्ति रोक्का कब्जा गर्ने करदाताको सम्पूर्ण वा केही सम्पति एकै पटक वा पटकपटक गरी लिलाम बिक्री गर्ने, बैंक/वित्तीय संस्थामा रहेको करदाताको रकमबाट भुक्तानी गर्न लगाउने, कुनै सरकारी संस्था, अन्य व्यक्ति वा निकायबाट करदाताले पाउने रकमबाट कट्टा गर्न लगाउने, करदाताको आयातनियत र अन्य कारोवार रोक्का गर्ने, नेपाल बाहिर जान रोक लगाउने लगायतका कानूनी कारवाही गरी बक्यौता रकम असुल उपर गरिने’ सूचनामा उल्लेख छ ।


क्लिकमान्डु