सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो



काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ कायम भएको थियो । सोमबार २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, सोमबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।

साथै, सोमबार चाँदीको मूल्य स्थिर रही प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु