जोखिम मोलौं, तर आफ्नो जोखिम वहन क्षमता हेरेर
अर्थतन्त्रको प्रतिच्छाया अनुरुप देशको एकमात्र पुँजी बजारका अंकहरुले चलाएमान हुने धैर्यता देखाउन सकेको देखिँदैन । त्यसका अंकहरु अधीर भएको भान हुन्छ ।
ऐना हो गुण देखियोस् भनेर सोच्नु गलत नहोला तर, त्यो बेला बेला क्रुर बिम्ब देखाएर भयवित बनाउने प्रयत्न किन गर्छ वा गराइन्छ ? सायद बाँदर गाउँले र व्यापारिको आहान बिर्सिएर हो कि त ?
जोखिम वहन क्षमताको आधारमा मात्र पुँजीबजारमा लगानी गरौं । सेयार बजारमा करोबार गर्न यो मात्र मूल मन्त्र हो, भन्ने जानकारी धेरै लगनीकर्तालाई छ । तथापी मूल मन्त्रको सिक प्रयोगमा ल्याउनु पर्ने ऐन मौकामा सबैको आँखमा रङ्ले पोतिएको चस्मा लगेको हुन्छ, किन ? लिभरेज र मार्जिनको कारण फूलेको सम्पत्ति कति छिटो घटबढ हुन सक्छ भन्ने उदाहरणका लागि बाँदर र व्यापारीको पुरानै कथालाई पुन: स्मरण गरौं।
आपूर्तिकर्ता गाउँले र खरिदकर्ता व्यापरीबीचको सम्वाद- गाउँमा हुर्दङ्ग मच्चाइरहेका बाँदर खरिद गर्ने प्रस्ताव। प्रति बाँदर सय रुपैयाँ दिने तय हुन्छ । उक्त घोषणासँगै गाउँलेहरुमा गज्जबको जोश जाँगर र उत्साहको माहोल हुन्छ । सबै गाउँलेहरु आ-आफ्नो दैनिकी भुलेर नजिकैको जंगलमा भएको बाँदर समातेर पैसा कमाउने सपना बुन्न थाल्छन् ।
केही दिनपछि उक्त व्यापारी आफ्नो कर्मचारीका साथ पुनः गाउँमा आउँछ । र, गाउँलेहरुले समातेको बाँदर १ सय रुपैयाँ प्रतिगोटाका दरले किन्छ । यो क्रम केही दिनसम्म निरन्तर चल्छ । केही समयभित्र उक्त मानिसले गाउँलेहरुबाट १ हजारभन्दा बढी बाँदरहरु खरिद गरिसकेको हुन्छ । जसले गर्दा उक्त क्षेत्रमा बाँदरको मात्रामा धेरै कमी आइसकेको हुन्छ । फलस्वरुप आपूर्तिमा कमी आउँछ । बाँदर पाउन धेरै पर/पर जानुपर्ने हुन्छ ।
सिद्दान्तस्वरुप उक्त मानिसले गाउँलेहरुलाई प्रतिबाँदर पहिलेको भन्दा दोब्बर बढी मूल्य २ सय रुपैयाँमा दिने प्रस्ताव राख्छ । आ-आफ्नो काममा लागिरहेका गाउँलेहरु उक्त घोषणासँगै झन धेरै हौसिन्छन् । र, पुनः बाँदर समात्ने काममा लाग्छन् । क्रमिकरुपमा बाँदरको मूल्य प्रतिगोटा २००, ३०० हुँदै ४०० रुपैयाँसम्म पुग्छ । गाउँलेहरु धेरै उत्साही हुन्छन् । फलस्वरुप उनीहरु आफ्नो खेतबारी, व्यापार सबै छाडेर बाँदर खोज्ने धन्दा तिर लाग्छन् ।
कुनै एक घमाइलो दिन उक्त व्यापारीले बाँदरको मूल्य ५०० रुपैयाँ दिने बाचा गर्दै आफू बाँदर व्यापारको सिलसिलामा अन्य मुलुक जानुपर्ने र त्यतिञ्जेलसम्मलाई उनको मुख्य कर्मचारीले गाउँलेसँग बाँदर खरिद गर्ने भन्दै गाउँबाट अलप हुन्छ ।
केही दिन उक्त मालिकको कर्मचारीले गाउँलेहरुसँग बाँदर किन्छ । उनले एकदिन गाउँलेहरुलाई गाउँहरुबाट खरिद गरेर पिँञ्जडामा राखेको बाँदरहरु करिब १५०० भन्दा बढी प्रतिबाँदर ३५० रुपैयाँमा किनेर पछि त्यो व्यापारी आएपछि ५०० रुपैयाँमा बिक्री गर्ने प्रस्ताव राख्छ ।
गाउँलेहरु प्रतिबाँदर १५० रुपैयाँ फाइदा हुने लोभमा आफूले बेचेको बाँदर पुनः ३५० रुपैयाँमा किन्न राजी हुन्छन् । र, किन्छन् पनि । तर उक्त दिनपछि न त्यो व्यापारी न त उसको कर्मचारी नै त्यो गाउँमा आए । गाउँमा बाँदरको आपूर्ति पूर्ववत् अवस्थामै फर्कियो । तर माग शून्य । तसर्थ आ-आफ्नो जोखिम वहन क्षमताको आधारमा मात्र लगानी गरौं। बारम्बार अमूक व्यक्तिको हौवामा बजार चलेन भन्नुभन्दा बाँदर बेच्ने र फेरि किन्ने किसान नहुनेतर्फ सोचौं ।