जीवन बीमा कम्पनीको नयाँ व्यवसाय घट्यो, ११ देखि ७५ प्रतिशतसम्मको गिरावट



काठमाडौं । जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय घटेको छ । सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात पुस महिनासम्ममा १४ अर्ब १७ करोड ७९ लाख २३ हजार रुपैयाँ बराबरको नयाँ व्यवसाय गरेका छन्।

जुन गत आवको सोही अवधिको तुलनामा ३१.२१ प्रतिशतले थोरै हो । गत आवको दोस्रो त्रैमासमा कम्पनीहरुले २० अर्ब ६० करोड ९६ लाख ८८ हजार रुपैयाँ बराबरको नयाँ व्यवसाय गरेका थिए ।

जीवन बीमा कम्पनीहरुले पोलिसी बिक्री गरेको सुरुवातको किस्ता वापत प्राप्त हुने रकम प्रथम बीमाशुल्क हो । अर्थात नयाँ बीमितहरुबाट संकलन भएको बीमाशुल्क नै प्रथम बीमाशुल्क हो । भने बीमा कम्पनीहरुले दोस्रो वा सो भन्दा पछि संकलन गर्ने बीमाशुल्क नवीकरण बीमाशुल्क हो ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सबै बीमा कम्पनीको प्रथम बीमाशुल्क घटेको छ । तथ्यांकअनुसार कम्पनीहरुको नयाँ व्यवसाय ११ प्रतिशतदेखि ७५ प्रतिशतसम्म घटेको हो ।

सबैभन्दा धेरै प्रतिशतले नयाँ व्यवसाय यूनियन लाइफ इन्स्योरेन्सको घटेको छ । इन्स्योरेन्सको प्रथम बीमाशुल्कवापत संकलन हुने रकम ७५.९५ प्रतिशतले घटेर ६६ करोड ६४ लाख रुपैयाँमा सीमित भएको हो । गत आवको दोस्रो त्रैमासको अवधिमा इन्स्योरेन्सले २ अर्ब ७७ करोड १४ लाख रुपैयाँको नयाँ व्यवसाय गरेको थियो ।

सबै भन्दा कम लाइफ इन्स्योरेन्स कर्पोरेसन(एलआइसी)को भने ११.८५ प्रतिशतले नयाँ व्यवसाय घट्न गई १ अर्ब २६ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ ।

गुराँस लाइफको नयाँ व्यवसाय ५७.३२ प्रतिशतले घटेर १६ करोड रुपैयाँमा खुम्चिएको छ । गत आवको दोस्रो त्रैमासको अवधिमा इन्स्योरेन्सले ३७ करोड ५० लाख रुपैयाँको नयाँ व्यवसाय गरेको थियो ।

प्रभु लाइफको नयाँ व्यवसाय ४८.८२ प्रतिशतले घटेर ३० करोड ४५ लाख रुपैयाँ, रिलायबल लाइफको ४६.८१ प्रतिशतले घटेर ७२ करोड ७३ लाख रुपैयाँ र महालक्ष्मी लाइफको ४१.४९ प्रतिशतले घटेर २२ करोड ८० लाख रुपैयाँमा सीमित भएको छ ।

एशियन लाइफले यस अवधिमा प्रथम बीमाशुल्कवापत ७३ करोड ७२ लाख रुपैयाँ संकलन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३०.६१ प्रतिशतले थोरै हो । गत आवको दोस्रो त्रैमासको अवधिमा इन्स्योरेन्सले प्रथम बीमाशुल्कवापत १ अर्ब ६ करोड २४ लाख रुरुपैयाँ संकलन गरेको थियो ।

राष्ट्रिय बीमा संस्थानको नयाँ व्यवसाय ४३.७३ प्रतिशतले घटेर ३५ करोड २१ लाखमा सीमित भएको छ । संस्थानले गत आवको दोस्रो त्रैमासको अवधिमा ६२ करोड ५८ लाख रुपैयाँ संकलन गरेको थियो । सिटिजन लाइफको नयाँ व्यवसाय ३९.२१ प्रतिशतले घटेर ८७ करोड ९२ लाख रुपैयाँमा सीमित भएको छ । गत आवको दोस्रो त्रैमासको अवत्रिधमा सिटिजनले प्रथम बीमाशुल्कवापत १ अर्ब ४४ करोड ६२ लाख रुपैयाँ संकलन गरेको थियो ।

यस्तै, रिलायन्स लाइफको २९.६० प्रतिशतले घटेर ४३ करोड ५५ लाख रुपैयाँ, नेशनल लाइफको २६.५४ प्रतिशतले घटेर १ अर्ब ६२ करोड ६७ लाख रुपैयाँ, सन नेपालको २५.०४ प्रतिशतले घटेर ९६ करोड ६६ लाख रुपैयाँ, मेट लाइफको २१.७९ प्रतिशतले घटेर ६० करोड ३९ लाख रुपैयाँमा सीमित भएको छ ।

यस्तै, नेपाल लाइफको प्रथम बीमाशुल्क संकलन २४.१४ प्रतिशतले घटेको छ । यस अवधिमा इन्स्योरेन्सले प्रथम बीमाशुल्कवापत २ अर्ब ५८ करोड ८८ लाख रुपैयाँ संकलन गरेको छ । गत आवको दोस्रो त्रैमासको अवधिमा इन्स्योरेन्सले ३ अर्ब ४१ करोड २५ लाख रुपैयाँ संकलन गरेको थियो ।

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पुस महिना अर्थात दोस्रो त्रैमाससम्ममा ७१ अर्ब ६५ करोड २० लाख रुपैयाँको व्यवसाय गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.०४ प्रतिशतले मात्रै बढी हो । गत आर्थिक वर्षको पुस महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ७० अर्ब ९१ करोड ३९ लाख रुपैयाँको व्यवसाय गरेका थिए ।

कम्पनीहरुले यस अवधिमा प्रथम बीमाशुल्कबाट १४ अर्ब १७ करोड ७९ लाख रुपैयाँ संकलन गरेका छन् । भने नवीकरणीय बीमाशुल्कबाट ५७ अर्ब ४७ करोड ४१ लाख रुपैयाँ संकलन गरेका छन् । प्राधिकरणकाअनुसार यस अवधिसम्ममा कुल सक्रिय बीमालेखको संख्या १ करोड ४१ लाख ९ हजार १५० वटा रहेका छन् ।


क्लिकमान्डु