भारतमा वार्षिक ८ सय मेट्रिक टन सुन खपत, जीडीपीमा १.३ प्रतिशत योगदान



काठमाडौं । विश्वको पाँचौ ठूलो अर्थतन्त्र भएको देश भारतले वार्षिक ८ सय मेट्रिक टन सुन खपत गर्दै आएको छ । चीनपछि विश्वकै सबैभन्दा बढी सुन खपत गर्ने भारतले वार्षिक ८ सय मेट्रिक टन सुन खपत गर्दै आएको विभिन्न अध्ययनले देखाएको छ ।

भारतले सन् २०२१ मा ७९७.३ मेट्रिक टन सुन खपत गरेको छ । सुरुवाती चरणको कोरोना महामारीले गर्दा भारतमा सुनको खपत ह्वात्तै घटेको थियो । तर, कोरोनाकै समय भएपनि सन् २०२१ मा सुनको खपत बढेको देखिएको छ ।

सन् २०२० मा भारतमा ४४६.४ मेट्रिक टन माग भएको जनाएको छ । भारतले सन् २०१९ मा ६९०.४ मेट्रिक टन, सन् २०१८ मा ७६०.४ मेट्रिक टन र सन् २०१७ मा ७७१.२२ मेट्रिक टन खपत गरेको थियो । त्यस्तै, अध्ययनअनुसार त्यसभन्दा अगाडिको वर्षहरुमा वार्षिक ८ सय मेट्रिकदेखि १ हजार मेट्रिक टनसम्म सुन खपत गरेको पाइन्छ ।

चीनपछि भारत सबैभन्दा बढी सुन खपत गर्ने देश हो । वल्र्ड गोल्ड काउन्सिलले गत जनवरी १९ मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२१ मा चीनले ६७३ मेट्रिक टन सुन खरिद गरेको थियो भने भारतले ६७३ मेट्रिक टन खरिद गरेको थियो । यी दुई देशले आन्तरिकरुपमा पनि सुनको केही मात्रामा उत्पादन गर्दै आएको छ ।

साना तथा मध्यम वर्ग निर्भर रहेको यस क्षेत्रले वार्षिक ८ सय मेट्रिक टन सुन खपत गर्दै आएकोमा कुल ग्राहस्थ उत्पादनमा १.३ प्रतिशत योगदान छ ।

कोभिडको कारणले घटेको सुनको माग पुनः कोरोनापछि माग बढेको एक अध्ययनले देखाएको छ । विभिन्न सांस्कृतिक, विवाह र चाडपर्वमा उच्च माग हुने भएकाले सन् २०२२ को अन्त्यसम्ममा १९ प्रतिशतले माग बढेको छ ।

जसमा भारतले सन् २०२२ मा १० अर्ब अमेरिकी डलरको सुन खपत गरेको छ । सन् २०२१ मा भारत सकारदे ९ अर्ब अमेरिकी डलरको सुन खपत गरेको थियो । काउन्सिलले सन् २०२२ मा ८०० देखि ८५० मेट्रिक टन खपत भएको जनाएको छ ।

सन् २०२२ मा सुनको मूल्य कम र माग उच्च भएकाले आयात ३४.९ प्रतिशतले बढेको छ ।

भारतमा सबैभन्दा बढी ग्रामीण क्षेत्रमा मात्रै ६० प्रतिशत सुन खपत हुने गरेको अध्ययनमा उल्लेख छ । भारतमा सुनको उत्पादन र खपतमा धेरै अन्तर छ । तर, पछिल्ला दिनहरुमा महंगीका कारण खपतमा कमी आएको छ ।

अध्ययनअनुसार भारतमा सन् २०२०/२१ मा ६ लाख ४८ हजार १७७ केजी सुन अपत हुँदा ११ सय २७ केजी मात्रै सुन उत्पादन गरेको थियो । तथ्याङ्क हेर्दा उत्पादनसँगै खपत पनि कमी आएको देखिन्छ ।

भारतले सन् २०१९/२० मा ७ लाख १९ हजार ९३२ केजी सुन खपत गर्दा १७ सय ४२ केजी उत्पादन गरेको थियो । साथै, सन् २०१८/१९ मा ९ लाख ८३ हजार ८६४ केजी सुन खपत गर्दा १६ सय ६४ केजी सुन उत्पादन गरेको थियो ।

यस्तो छ उत्पादन र खपतको अवस्थाः

ह्वात्तै घट्यो निर्यात
भारतमा आन्तरिक बजारमा सुनको खपत बढेपनि निर्यात भने घटेको देखिन्छ । सन् २०२१/२२ मा भारतले भारतीय रुपैयाँ ४६ करोड ४० लाख बराबरको मात्रै सुन निर्यात गरेको छ । जबकी सन् २०२०/२१ मा भारतीय रुपैयाँ १८ अर्ब ८९ करोड ६० लाखको निर्यात गरेको थियो ।

त्यस्तै, कोभिडको समयमा निर्यात हालसम्मकै कम निर्यात भएको अध्ययनले देखाएको छ । सन् २०१९/२० मा भारतले भारतीय रुपैयाँ ५ अर्ब ७४ करोड, सन् २०१८/१९ मा १ अर्ब ४४ करोड र सन् २०१७/१८ मा ९६ अर्ब ६८ करोड रुपैयाँको सुन निर्यात गरेको थियो ।

त्यसभन्दा अगाडिका वर्षहरुमा भारतले खर्बौ रुपैयाँको सुन निर्यात गर्दै आएको देखिन्छ । जसमा भारतले सन् २०१६/१७ मा मात्रै भारतीय रुपैयाँ ३ खर्ब ५३ अर्ब ६५ करोड रुपैयाँको सुन निर्यात गरेको थियो ।


क्लिकमान्डु