नासा र बोइङ्गले सहकार्य गरेर बनाइरहेको हवाइजहाज, जसले बदल्नसक्छ हवाई उडानको अवस्था
काममाडौं । भविष्यको कुनै क्षणमा मानिसले अहिलेको तुलनामा निकै सस्तो हवाई यात्रा गर्न सक्नेछन् । यस्तो भन्नुको कारण हो, नासा र बोइङ्गको सहकार्यमा बनिरहेको हवाई जहाज ।
विज्ञान तथा अन्तरिक्ष सम्बन्धि अनुसन्धान गर्ने कम्पनी नासा र हवाईजहाज निर्माता कम्पनी बोइङले एकसाथ कार्बन उत्र्सजन कम गर्ने ‘सिंगल-आइजल’ विमानको निर्माण, प्रशिक्षण र उडानका लागि काम गरिरहेको छ । दुई कम्पनीले सहकार्यमा ‘सस्टेनेबल फ्लाइट डेमोन्स्ट्रेटर प्रोजेक्ट’मा एकसाथ काम गरिरहेका छन् ।
नासाले गत बुधबार यो सहकार्यको बारेमा सार्वजनिक गरेको थियो । दुई कम्पनीले सहकार्य गरेर बनाइरहेको यो विमान पर्यावरणमा कम नोक्सान पुर्याउने र कमभन्दा कम इन्धन प्रयोग गर्ने किसिमको हुने बताइएको छ । यी कारणहरुले नै यो विमान प्रयोगमा आउँदा हवाई उडान निकै सस्तो हुने बताइएको छ ।
आगामी ७ वर्षमा नासाले यो परियोजनाका लागि ४२.५ करोड अमेरिकी डलर रकम निकाशा गर्नेछ । त्यससँगै यो परियोजनामा सहकार्य गरेका कम्पनीहरुले बाँकी रहेको लागत अर्थात करिब ७२.५ करोड अमेरिकी डलरको योगदान परियोजनाका लागि गर्नेछन् ।
यो बाहेक ‘नासा टेक्निकल एक्सपटाईज एण्ड फ्यासिलिटिज’ले पनि यो परियोजनाका लागि योगदान दिनेछ । नासाका प्रशासक बिल नेल्सले भनेका छन्, ‘यदि हामी सफल भएमा यो प्रविधिसहितको विमान सन् २०३० सम्ममा देख्न सकिनेछ ।’
‘ट्रांसोनिक ट्रस–ब्रेस्ड विंग’ को सोचअनुसार यी विमानलाई बनाइनेछ । यो भनेको विमानमा विमानमा सामान्यभन्दा लामो विंग हुने हो, जसकारण डायगोनल स्ट्रट्समाथि स्थिर हुन सहायता गर्छ । यो डिजाइनका कारण विमानमा कम इन्धन उपयोग हुन्छ ।
नासाले हालसम्म गरेको आशामा यो विमानले ३० प्रतिशतसम्म कम कार्बन उत्सर्जन गर्नेछ भने अहिले भइरहेका विमानको भन्दा निकै कम इन्धन खपत गर्नेछ ।