प्रभु र सेन्चुरी बैंकको एकीकृत कारोबार शुरु, सेयरधनीलाई राम्रो लाभांश दिने प्रतिबद्धता



काठमाडौ । प्रभु बैंक र सेन्चुरी कमर्सियल बैकको एकीकृत कारोबार शुरु भएको छ । मर्जर पश्चात दुबै बैंकको एकीकृत कारोबार शुरु भएको हो । मर्जरपछि प्रभु बैकको नामबाट एकीकृत कारोबार हुनेछ ।

बैंकले बिश्वब्यापी प्रयोग भएको प्रविधि प्रयोग गरेर कृषि उद्यमशिलतामा काम गर्ने बैकले जनाएको छ । एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा बैंकका सीईओ अशोक शेरचनले सेयरधनीलाई बढी लाभांश दिने प्रण गरे। उनले दुबै बैंक मर्ज भएसगै कर्मचारी संख्या ३ हजार ५ सय पुगेको उनले बताए । छोटो समयमा भएको यो मर्जरसँगै सेवाग्राहीलाई उत्कृष्ट सेवा दिने बताए ।

मर्जपछि बैंकको सीइओमा अशोक शेरचन हुनेछन् भने डेपुटी सीईओमा मनोज न्यौपाने हुनेछन् । संचालक समितिमा प्रभु बैंकबाट ४ र सेञ्चुरीबाट ३ जना रहने छन् ।

मर्जरपछि बन्ने बैंकको कुल सम्पत्ति ३ खर्ब ४० अर्ब, चुक्ता पुँजी २३ अर्ब रुपैयाँभन्दा बढी, कुल निक्षेप २ खर्ब ८४ अर्ब, कुल कर्जा लगानी २ खर्ब ५३ अर्ब, शाख संख्या ३६५, एटिएम ३०९, एक्सेन्टस काउन्टर ७२ र ग्राहक संख्या ३० लाख बढी हुने बैंकले जनाएको छ ।

मर्जरपछि बैंक कर्जामा सातौं, निक्षेपमा छैठौं र पुँजीमा पाँचै स्थानमा पुगेको छ ।

दुबै बैंकको पुस १४ गते सम्पन्न साधारणसभाले मर्जरमा जाने प्रस्ताव पारित गरिसकेको छ । त्यस अनुसार नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्टारको कार्यालयले मर्जरका लागि दुबै बैंकलाई अन्तिम स्वीकृति दिइसकेका छन् ।

पुस १७ गते दुवै बैंकलाई राष्ट्र बैंकले मर्जरलाई स्वीकृति समेत दिइसकेको छ । बैंकका अनुसार कम्पनी रजिष्ट्रारको कार्यालयले सेन्चुरीको सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्व प्रभु बैंकले ब्यहोर्ने गरी मर्जरको लागि अन्तिम स्वीकृति दिएको छ ।


क्लिकमान्डु