यी ६ क्षेत्रमा आगामी वर्ष हुन सक्छ साइबर सुरक्षा चुनौती



एजेन्सी । व्यवसायदेखि सरकारी संयन्त्रमा पनि भइरहेको डिजिटल क्रान्तिका बीच इन्टरनेट र कम्प्युटर प्रविधिमा आफ्ना डाटाहरुलाई सुरक्षित राख्न पनि उत्तिकै आवश्यक भएको छ । विगत केही वर्षयता विभिन्न रुपमा डाटाहरुको चोरीदेखि डिजिटल सुरक्षाको विषय पनि निकै महत्वपूर्ण भएको छ ।

२०२३ को सुरुवात हुन लाग्दा आगामी वर्षका लागि केही आवश्यक डिजिटल सुरक्षाका विषयहरु पनि अघि आएका छन् । आगामी वर्ष डिटिजल र प्राविधिक क्षेत्रमा कस्ता कस्ता सुरक्षा थ्रेटहरु आउन सक्लान त, यस विषयमा अहिले चर्चा भइरहेको छ।

१. अटोमाबाइल ह्याकिङमा वृद्धि हुन सक्ने
अहिले सडकमा चल्ने प्रायः गाडीहरु प्रविधि युक्त छन् । गाडीको इञ्जिनदेखि एयरब्याग, ढोकादेखि अन्य प्रविधियुक्त भएका छन् । सँगै स्वचालित गाडीहरु पनि बजारमा देखिएका छन् । यस्तोमा अबको वर्षमा अटोमोबाइल ह्याकिङमा वृद्धि हुन सक्ने देखिएको छ ।

गाडीहरुले प्राय ब्लुतुथ र वाइफाइ प्रविधिबाट प्रयोगकर्ता वा चालकलाई सहजता निर्माण गरिरहेका हुन्छन् । यस्तो ह्याकरहरुका लागि यीनै माध्यमबाट गाडीहरुमाथि नियन्त्रण हुन सक्ने र खतरा बढ्न सक्ने देखिएको छ ।

अनुमान गरिएअनुसार आगामी वर्षमा गाडीको नियन्त्रण लिने वा गाडीको माइक्रोफोनमा नियन्त्रण गरेर जानकारीहरु प्राप्त गरिनेजस्ता सुरक्षा थ्रेत्रहरु बढ्न सक्ने अनुमान गरिएको छ । यस्तो खतरा बढि मात्रामा स्वचालित तथा अटोमेटिक गाडीहरुमा बढि हुने बताइएको छ ।

२. कृतिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टिलिजेन्स)को क्षमतामा वृद्धि
अहिले बजारमा थुप्रै काम तथा क्षेत्रमा आर्टिफिसियल इन्टिलिजेन्सको प्रयोग भइरहेको छ । साइबर सुरक्षालाई थप सुदृढ बनाउनका लागि होस वा अन्य कुनै काम पुरा गर्नका लागि होस, मसिन लर्निङ र आर्टिफिसियल इन्टिलिजेन्सको प्रयोग र उपलब्धता बढ्दै गएको छ ।

अहिले बजारमा लेख्न, तस्बिर परिमार्जन गर्न, पेन्टिङ बनाउनदेखि अफ्ठ्यारा कामहरु गर्नका लागि पनि आर्टिफिसियल इन्टिलिजेन्सको प्रयोग भइरहेको छ । पुरै घरको निगरानी राख्नेदेखि प्राविधिक उपकरणहरुलाई सुरक्षित राख्ने र मालवेयरहरुबाट मुक्त गराउने काममा पनि आर्टिफिसियल इन्टिलिजेन्सको प्रयोग भइरहेको छ ।

विज्ञहरुले आगामी वर्षमा आर्टिफिसियल इन्टिलिजेनसको क्षमतामा वृद्धि हुने र यसमा थप सम्भावनाहरु खुल्ने बाटोको पहिचान हुने बताएका छन् । यस्तोमा आर्टिफिसियल इन्टिलिजेन्सले हुन सक्ने खतराको अनुमान गर्ने, डाटामाथि हुन सक्ने थ्रेटबारे अग्रिम नै जानकारी गराउनेजस्ता कुराहरु पनि विकास हुने अनुमान गरिएको छ ।

३. अबको जोखिम मोबाइलमा
साइबर सुरक्षा क्षेत्रमा काम गरिरहेका कम्पनी तथा विज्ञहरुले अबको जोखिम मोबाइलमा रहेको बताएका छन् ।

प्रयोगकर्ताले मोबाइलमा आफ्नो बैंकदेखि आर्थिक क्रियाकलापलगायतका सम्पूर्ण विवरणहरु राख्ने भएकाले अबको वर्षमा ह्याकरहरुले मोबाइललाई आफ्नो लक्ष्य बनाउने जोखिम थप बढ्ने देखिएको छ ।

तस्बिरदेखि आर्थिक कारोबार, इमेलदेखि व्यक्तिगत म्यासेजहरुले व्यक्ति वा प्रयोगकर्ताको जीवनमा महत्वपूर्ण स्थान लिइरहेका हुन्छन् । यस्तो अवस्थामा २०२३ मा साइबर क्षेत्रमा ह्याकरहरुले मोबाइललाई लक्षित गर्ने अवस्था बढ्ने पनि देखिएको छ ।

४. भर्चुअल भण्डारण (क्लाउड स्टोरेज) पनि जोखिममा
धेरैभन्दा धेरै कम्पनीहरु अहिले अनलाइनमै पनि स्थापित भइरहेका छन् । कतिपय अर्बौं रकमका कम्पनीहरु पूर्ण रुपमा क्लाउड (भर्चुअल भण्डारण)मार्फत सञ्चालन भइरहेका छन् । यस्तो अवस्थामा अबको वर्षमा क्लाउड स्टोरेजहरुमाथि पनि जोखिम बढ्ने र सुरक्षा थ्रेट देखिने भएको छ ।

धेरै भन्दा धेरै कम्पनीहरु क्लाउड स्टोरेजमाथि आधारित भइरहँदा यसलाई नियन्त्रण निगरानीमा राख्नुपर्ने र डाटाहरु चोरी हुनबाट जोगाउने जिम्मेवारीमा पनि वृद्धि हुनेछ । गुगलदेखि माइक्रोसफ्टजस्ता कम्पनीका क्लाउड स्टोरजहरु कम्पनीको पक्षबाट सुरक्षित बनाइएको भएतापनि प्रयोगकर्ताले यसलाई राम्रोसँग चलाउन नसकेमा यसमाथि पनि ह्याकरको दृष्टि पर्ने र डाटाहरु चोरी हुने सम्भावना बढेको छ ।

आगामी वर्षमा आफ्नो क्लाउड स्टोरजहरुमाथि प्रयोगकर्ताले पनि निगरानी र नियन्त्रण बढाउनुका साथै हुनसक्ने थ्रेटबाट अग्रिम सुरक्षा अपनाउनु पर्ने देखिएको छ ।

५. मुख्य जोखिम तथ्यांक चोरीको
विगतमा पनि थुप्रै कम्पनीहरुको तथ्यांक चोरी भएको हामीले देखिसकेका छौं । फेसबुक, ट्विटरजस्ता कम्पनीहरुको पनि तथ्यांक चोर्ने र त्यसलाई लिएर बार्गेनिङ गर्ने घट्नाहरु भएका छन् ।

अबको वर्षमा यो पनि बढ्ने छ । धेरैभन्दा धेरै प्रयोगकर्ताहरु अनलाइन र इन्टरनेट माध्यमका थुप्रै सामाजिक सञ्जालहरुमा हुन्छन् ।

यस्तोमा प्रयोगकर्ताहरुको डाटा चोरी हुने जोखिम उत्तिकै छ । व्यक्तिगत वा नीजि पक्षबाट हसने सानो गल्तीका कारण होस वा कम्पनीको तर्फबाट हुने गल्तीका कारण होस, डाटा चोरीले समग्रतामा नकरात्मक असर नै गरिरहेको हुन्छ । अबको मुख्य जोखिममा तथ्यांकमाथि हुन सक्ने छेडछाड भएकाले यसमा पनि ध्यान दिनुपर्ने देखिन्छ ।

६. फाइभ जीको क्रान्ति: प्रविधि र जोखिमको नयाँ युग
अहिले विश्वका कतिपय स्थानमा फाइभ जीको सुरुवात भइसकेको छ । अबको वर्षमा फाइभ जीको ब्यापक प्रयोग सुरु हुनेछ । यसले प्रविधिमा नयाँ युग त ल्याउँछ नै, सँगै जोखिमको पनि नयाँ युग सुरु गर्ने छ ।

फाइभ जी नेटवर्कका हरेक कदमहरुमा हामीले थाहा नपाएका कमजोरीहर हुन सक्छन् । यसले प्रयोगकर्तादेखि कम्पनीहरुलाई पनि जोखिममा राखिरहेको हुन्छ । नयाँ प्रविधि भएकाले यसतर्फ यसका वितरक कम्पनीहरुले विशेष ध्यान राख्नुपर्ने र सफ्टवेयर तथा हार्डवेयरलाई बलियो बनाएर सुरक्षा थ्रेट कम गर्दै जोखिम न्यूनीकरण गर्नुपर्नेछ ।


क्लिकमान्डु