विनोद चौधरीले समस्याग्रस्त श्रीलंकाको युनाइटेड बैंकको ७०.८४ प्रतिशत स्वामित्व किन्ने



एजेन्सी । फोर्ब्सको सूचीमा सूचीकृत नेपालका अर्बपति विनोद चौधरीले श्रीलंकाको युनाइटेड बैंक अफ ओलम्बो (युबिसी)को बहुसंख्यक सेयर खरिद गर्ने घोषणा गरेका छन् ।

‘सिजि कर्प ग्लोबल’का अध्यक्ष चौधरीको व्यापारिक समूहले श्रीलंकाको वित्तीय सेवा उद्योगमा यो सँगै आफ्नो पहिलो पाइला चालेको छ ।

युबिसीको ७०.८४ प्रतिशत सेयर ‘सिजी क्यापिटल पार्टनर्स’को नाममा खरिद गरिएको छ, जुन चौधरीले सिजि ग्रुपअन्तर्गतको कम्पनी हो । कम्पनी सिंगापुरमा स्थापित इक्विटी कम्पनी हो ।

१ डिसेम्बर २०२२ मा लेनदेनको घोषणा भएपछि कोलम्बो स्टक एक्सचेन्जमा युबिसीको सेयर १३.३ प्रतिशतले बढेर ८.५० श्रीलंकन रुपैयाँमा पुगेको थियो । सेयर बजारमा सुचिकृत श्रीलंकाका १२ बैंकहरुमध्ये यो बैंक पनि एक हो, जसको बजार पुँजी ९.१ बिलियन श्रीलंकन रुपैयाँ रहेको छ ।

‘यतिबेला श्रीलंका धेरै कठिन समयबाट गुज्रिरहेको छ र आइएमएफ (अन्तर्राष्ट्रिय मुद्रा कोष)मार्फत् पनि विदेशी कोष र लगानी परिचालनका लागि संघर्ष गरिरहेको छ,’ सीजिका अध्यक्ष तथा नेपालका शीर्ष उद्योगपति विनोद चौधरी श्रीलंकाको आठौं ठूलो बैंकको रुपमा सूचीबद्ध बैंकमा आफ्नो लगानीबारे भन्छन्, ‘बैंकहरुले ऋण लिनेहरुजस्तै ठूलो दबाबमा छन् । र अझै पनि यी सबै आर्थिक अवरोधहरुको बीचमा हामीले श्रीलंकामा जाने निर्णय गरेका छौं । हामीलाई यो कठिन हुने थाहा छ । तर, श्रीलंकासँगको हाम्रो घनिष्ठ सम्बन्धका कारण हामीमा आत्मविश्वास छ ।’

चौधरी सिजीको बढ्दै गएको आकार र बृद्धिको भागको रुपमा भारतमा पनि निरन्तर आफ्नो लगानीलाई समान रुपमा केन्द्रित बनाउनेमा जोड दिन्छन् । आफूले भारतको विकासको कथामा विश्वास गर्ने र केही समयमा विश्वको २५ प्रतिशत उपभोक्ता जनसंख्यालाई नियन्त्रण गर्न सक्ने देशमा लगानी गर्नमा रणनीतिक पदचिह्नहरु पछ्याइरहेको बताउँछन् । उनी जोड दिँदै भन्छन्, ‘चर्चित भनाई छ– भारत एउटा देश मात्रै होइन, यो त आफैंमा संसार हो ।’

भारतमा सीजीले हस्पिटालिटी क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि काम गरिरहेको छ । ९० को दशकको मध्य समयदेखि नै सीजीले तीव्र रुपमा नै आफ्नो सञ्चालन र आधारलाई बलियो रुपमा स्थापना गरेको छ ।

सीजी ग्रुपको मुख्यतय ‘एफएमसिजी (खाद्यान्न क्षेत्र)’ मा काम गरिरहेको छ । सिजि फुड्स यो क्षेत्रमा काम गर्ने सीजी ग्रुपकै अर्को कम्पनी हो र निकै चर्चित वाइ वाइ नुडल्सको मालिक हो ।

भारतका विभिन्न ७ स्थानमा सञ्चालनमा रहेका उत्पादन कारखाना र राजस्थानमा रहेको ठूलो फुडड पार्कसहित सिजीले व्यापार कुनै उद्देश्यसहित गर्नेमा विश्वास गरेको छ ।

सँगै अन्य क्षेत्रहरुमा रियल इस्टेट र हस्पिटालिटी समावेश छन्, जसभित्र सिजीको स्वामित्व ४ वटा ताज सफारी लजहरु र ७८ वटा व्यवस्थित होटलहरु छन्, जुन फर्न, जिंक र बेकनजस्ता ब्राण्डहरु अन्तर्गतबाट सञ्चालित छन् ।

चौधरीले सन् २००१ मै भारतीय होटल कर्पोरेसन लिमिटेड (आईएचसीएल)सँग संयुक्त लगानीमार्फत प्रतिष्ठित ‘ताज समुन्द्र कोलम्बो’मा महत्वपूर्ण लगानी गरेका थिए । यो समय श्रीलंका कमजोर युद्धको बीचमा थियो । जब अरु लगानीकर्ताहरुले लगानी गर्नमा चासो नै देखाएका थिएनन्, तब चौधरीले युद्धले क्षतविक्षत देशमा अवसर देखे । उनको यो कदमलाई सरकारले मात्रै नभएर उद्योग क्षेत्रले पनि वृहत रुपमा स्वागत गरेको थियो । यो लगानी नै चौधरीले हस्पिटालिटी क्षेत्रमा गरेको पहिलो लगानी थियो, जसवापत कम्पनीसँग अहिले आईएचसीएलसँगको साझेदारीमा ६ देशहरुमा ११ वटा सम्पत्तीको स्वामित्व छ ।

फोब्र्सको अर्बपतिहरुको सूचिमा सन् २०१३ देखि सूचिकृत भइरहेका चौधरी र श्रीलंकाबीच लामो र घनिष्ठ मित्रता छ । सुरुवातमा ताज समून्द्रसँग गरेको कारोबार पश्चात चौधरीले जेटविङ होटल ग्रुप र केइलोन होटल कर्पोरेसनमार्फत विभिन्न १२ वटा ठाउँमा लगानी गरेका छन् ।

सीजी ग्रुप नेपालमा अहिलेको चर्चित बैंक नबिल बैंकको पनि सबैभन्दा ठूलो सेयर धनी हो, जसले हालसालै मात्र नेपाल बंगलादेश बैंकलाई आफूमा अधिग्रहण गरेको थियो । (बिजनेश स्ट्यार्डर्डबाट)


क्लिकमान्डु